Posted by: Rahuldai April 5, 2012
Nepali victim at Oakland Shooting yesterday
Login in to Rate this Post:     0       ?        

एक व्यक्तिको पागलपनको शिकार हुनेहरुमा हार्दिक श्रद्धान्जली ! जो मरे / मारिए पनि पनि त्यो दुखद घटना हो . छिरिंग वा सोनाम नेपाली भएको भए बढी दुख लाग्ने नभाको भए खुचिंग भन्न मिल्छ र ?

रह्यो सिक्किमे को कुरा, सिक्केमेलीहरु ले नेपाली बोल्छन , सिक्किम को सरकारी कामकाजिको भाषा नेपाली . भाषिक रुपमा नेपालका केही भागका नेपाली भन्दा नि नेपाली हुन् सिक्किमेहरू. नेपाली चाड पर्ब गर्बका साथ् मनाउछन, नेपाली साहित्य र कलाको जगेर्नामा यथेष्ट प्रयास गरेका छन् .

अर्को कुरा रह्यो तिब्बत तिर को सोनामको बारेमा. सम्भवत नेपाली भाषी नभए पनि नेपाली बुझ्ने हुन सक्छ. नेपाल को तिब्बत सिमा वरिपरी बस्ने नेपाली जनजातिको भाषा, संस्कृति र चालचलन सिमापारिमा तिब्बतीहरु संग धेरै हद सम्म मिल्दो जुल्दो छ. त्यसो त भौगोलिक नेपालमा बस्ने उत्तरी सिमाका नेपालि नागरिकहरुलाई नेपाली बोल्न र लेख्न जति गाह्रो छ त्यति दक्षिण तिर का अझ आयातितहरुलाई गाह्रो छैन .

मेरो हिसाबमा सोनाम र छिरिंग नेपाली नागरिक नभए पनि नेपाल र नेपाली संग कहीं न कहीं तार जोडिएका आत्माहरु हुन् . अकाल मृत्यु दुखदायी र दुर्भाग्यपूर्ण छ नै .
अस्तु !!
 

Read Full Discussion Thread for this article