Posted by: Geology Tiger April 4, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     1       ?         Liked by
स्पार्टीले भनेको कुरा पनि ठिकै होला

तर जहाँसम्म कुमार जि को सवाल छ.... उहाँको सम्बन्धमा यो ठीक नहुन पनि सक्छ ...

माफ गर्नुहोला कुमारजी ....

तर एक किसिमले भन्ने हो भने कुमारजीलाई एउटा रोग नै लागेको छ । अहिलेसम्म कुमार हुनु पछि गएर उहाँको लागि एउटा श्राप नै सावित हुनसक्छ ।

यदि कथम् कदाचित कुमारजीले कुनै केटीलाई उसको विगत नसोधी बिहे गर्नुभएछ भने पनि उहाँलाई आफू कुमार भएको र आफुले बिहे गरेको केटी कुमारी भए नभएको त्यो जान्ने इच्छाको भूतले कहिले छोड्ने छैन र उहाँ पत्तै नपाई त्यो केटीको विगतलाई खोतल्न थाल्नु हुनेछ, उधिन्न थाल्नुहुनेछ । त्यति नगरेसम्म उहाँलाई त्यो कुमारीत्वको भूतले सुत्न दिने छैन र अनन्त त्यसको परिणति उहाँको दाम्पत्य जीवनमा अविश्वासले स्थान पाउनेछ जसले गर्दा समग्र रुपमा दाम्पत्य जीवन नै असफल हुनेछ ।

अब कुमारजीको यो दिमागी हालतको सुरक्षित अवतरणको दुइटा मात्र उपाय छन् कि त उहाँ आँफैले वास्तविकता बुझेर यो कुमार कुमारी रहनु भनेको कुनै ठुलो कुरा होइन भन्ने तथ्यलाई स्विकार्नु पर्‍यो जुन म त्यति सहज देख्दिन । यस्तो अवस्थामा कुमार जी ले हामीसँग सल्लाह माग्नु र हामीले वहाँलाई सल्लाह दिनु दुवै बेकुफी हो । किनकी वहाँको दिमागमा भएको त्यो गलत धारणा त्यति सजिलै परिवर्तन हुनेवाला छैन । उहाँले यहाँ सल्लाह त माग्नु भयो तर त्यसलाई वहाँले पढेको नपढ्यै गर्नुहुनेछ भन्ने कुरामा म ढुक्क छु ।

अर्को उपाय भनेको कुमारजीले बिहे गर्ने केटी कुमारी भए पनि नभए पनि कुमारजीलाई चाँही कुमारी नै हो भनिदिने । कुमारजीको कोही नजिकको मान्छेले वहाँको यस्तो हालत थाहा पाए भने यस कुरामा उहाँलाई मद्दत गर्न सक्थे कि?
Read Full Discussion Thread for this article