Posted by: Geology Tiger April 4, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
महोदय कुमार,

बि पोजिटिव.... यो चाँही मेरो रक्तसमूह हो

मैले यहाँको रक्तसमूह पनि यही हो कि भनेर सोध्न खोजेको चाँही होइन । जीवनप्रति आशावादी हुनुहोस् र घटनाक्रमहरुलाई सकरात्मक दृष्‍टिले हेर्नुहोस् भन्न खोजेको हो । तपाईंले ३३ बर्षसम्म यौन संपर्क नगरेर कुनै दोसल्ला ओडाउन पर्ने अथवा परमवीर चक्र लगाइदिनु पर्ने काम गर्नु भएको छैन । एक चोटि तपाईंको यो धागोमा आएको प्रतिकृयालाई मात्र राम्रोसँग पढ्नु भयो भने पनि त्यो कुरा थाहा हुन्छ । अनि अहिले कुरा चल्दै गरेको केटीलाई अथवा अरु कुनै केटीसँग पनि तपाईंको विवाहको कुरा चल्यो भने म अहिलेसम्म कुमार नै छु भनेर पनि नभन्नु होला । यसबाट तपाईंले बिहे गर्न लागेको केटीमा पक्का पनि यसमा केही खराबी छ भन्ने शंका उत्पन्न हुन्छ ।

कतिपय कुराहरु नसोध्दा अथवा नभन्दा पनि राम्रो हुन्छ । शायद तपाईंले सोधेको सोध्यै गरेर पनि त्यो केटीले आफ्नो पहिले नै यौन संपर्क रहिसकेको कुरा पनि भनेको हुनसक्छ जुन नसोधेको भए पनि राम्रो हुन्थ्यो अथवा उनले यो कुरा तपाईंलाई नभनेको भए पनि हुन्थ्यो । तर यसलाई सकरात्मक दृष्‍टिले हेरु न उनले तपाईंलाई यतिसम्म विश्वास गरिन् कि आफ्नो सबै कुरा खोलिन् । तपाईंसँग बिहे गर्ने केटीले पहिले को कोसँग सम्बन्ध राख्यो भन्दा पनि भविश्यमा उ तपाईंप्रति इमान्दार हुन्छ कि हुँदैन भन्ने कुरा ठूलो हो र जुन केटीले तपाईंलाई आफ्नो सबै कुरा यसरी खोल्छ त्यो पक्कै पनि तपाईंलाई धेरै विश्वाश गर्ने र तपाईंप्रति इमान्दार हुनुपर्छ ।

म फेरि पनि भन्छु अहिलेसम्म कुमार रहेर यहाँले पुरस्कार पाउने कुनै कार्य गर्नु भएको छैन न त त्यो केटीलाई एक जनासँग यौन संपर्क राख्दैमा घ्रिणा गर्नु पर्ने आवश्यकता छ । यदी अरु सबै कुरा मिल्छ भनेर र तपाईंलाई त्यो केटी मन परेको छ भने तुरुन्त विवाह गरिहाल्नु होला । नत्र जीवनभर कुमार नै रहनुपर्ने संभावना रहन्छ । अनि माथि चित्रगुप्तले तपाईंलाई जीवनभर कुमार रहेकोमा भन्दै न त हातमा सुनको लड्ड दिनेछन त त उर्बशी र मेनकासँग यौन संपर्क गर्ने मौका नै दिनेछन् ।

Read Full Discussion Thread for this article