Posted by: Geology Tiger April 4, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
३३ कुमार जि,

३३ बर्षसम्म यौन संपर्क नगर्नु (हुन नसक्नु?) कुनै गौरवको बिषय होइन । यौन प्राकृतिक आवश्यकता हो र प्रकृतिले विवाह अगाडि यौन संपर्क गर्नै नहुने भन्ने त्यस्तो केही व्यवस्था गरेको छैन । यो त मानव समाजमा बिकसित एउटा धारणा हो जुन अहिलेको समयमा सान्दर्भिक छैन । यौन अंगहरु बिकसित हुँदै जाँदा यौन संपर्कको चाहना गर्नु अथवा यौन संपर्क गर्नु सामान्य हो र प्राकृतिक पनि हो । यसमा केवल जथाभावी रुपमा धेरै जनासँग यौन संपर्क गर्दै नहिंड्ने र सुरक्षित रुपमा विश्वासिलो साथीसँग मात्र यौन संपर्क गर्ने कुरामा ध्यान दिनु जरुरी छ । यदी कसैले विवाहपूर्व अथवा धेरै उमेर गइसक्दा पनि यौनसंपर्क गर्दैन भने या त उसले उचित मौका नपाएको हुनसक्छ, या उसले जवर्दस्ती आफ्नो चाहना रोकिरहेको हुनसक्छ, या उ वास्तवमै यौन दुर्वल हुनसक्छ ।

तपाईंमा यी मध्ये कुन कमजोरी छ त्यो त थाहा भएन तर तपाईंले पहिले नै यौन संपर्क गरिसकेको कुनै महिलासंग वैवाहिक सम्बन्ध गाँस्ने मौका पाउनु भएको छ भने यो त तपाईंको सौभाग्य नै हो । कम से कम उनी त यौनिक रुपले सबल रहिछिन् । तपाईं उनको चरित्रको बारेमा सोधखोज गर्न सक्नुहुन्छ । यदी उनी त्यस्तै धेरै केटाहरुसँग जथाभावी यौन संपर्क राख्दै हिंड्ने केटी भए अलग्गै कुरा नत्र भने उनीसँग विवाह बन्धनमा बाँधिन आनाकानी गर्नुपर्ने कुनै कारण नै छैन । याद राख्नुहोस् यदी तपाईं अझै पनि आफू जस्तै कहिल्यै यौन संपर्क नगरेको केटीको प्रतिक्षा गर्दै बस्नु भयो भने जीवन भर विवाह नै हुननसक्ने संभावना पनि छ ।
Read Full Discussion Thread for this article