Posted by: K chha saathi March 30, 2012
पूर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढीमा - कहिँ नभएको जात्रा हाँडी गाउँमा !!
Login in to Rate this Post:     1       ?         Liked by
भारतको मद्रासमा कुनै समय एक नेपालीले करोडपतिको घरमा चौकीदारी गर्दो रहेछ। घरबेटी साहुलाई भेट्न एकचोटी अमेरिकाबाट यौटा ब्यापारी आएछ। एक हफ्ता साहुकोमा बस्दा त्यस ब्यापारी नेपालीको परिश्रम, लगन र इमान्दारिताले सारै अचम्ममा परेछ र खुसि पनि भएछ।

जाने बेलामा उसले नेपाली चौकीदारलाई यौटा जादुको करुवा दिएर गएछ र भनेछ- "तपाइले जे मागे पनि पुरा गर्छ यस करुवाले।" अमेरिकाने गएपछि नेपालीले करुवा मुसार्दै भनेछ "हे जादुको जिन, मलाई यौटा आलिसान घर दे।" जिनले करुवाबाट निस्केर "हस हजुर!" भन्दै उत्नीखेर नै आलिसान घर, तेस्मा पनि स्विमिंग पुल भाको तयार गरेर दिएछ। अचम्म !!

नेपालीले फेरी भनेछ - " हे जादुको जिन, मलाई यौटा BMW गाडी दे।" आँखा पनि झिमिक्क नगर्दै जिनले गाडी राखदेछ घरको पार्किंगमा। "अरु के सेवा गरौँ हजुर ?" जिनले सोधेछ। नेपालीले भनेछ- "मलाई यौटा राम्रो घडी पनि दे, ठिक समय दिने" जिनले घडी पनि बाँधी दिएछ हातमा उत्नीखेरै। "अरु के सेवा गरौँ हजुर ?" जिनले फेरी सोधेछ। नेपालीले धेरै बेर सोचेछ र भनेछ - " अब मसंग घर पनि भयो, गाडी पनि भयो, यौटा राम्रो घडी पनि भयो, भनेपछि अब मलाई यो घरमा बस्ने राम्रो साहु ल्याई दे, नत्र मैले कसको चौकीदारी गर्ने?"

जिन छक्क परेछ।

हो म पनि छक्क पर्छु, पुर्व राजाको ताम-झाम देखेर, सयौं सर्वसाधारणले गरेको जय जयकार देखेर। समयले हामीलाई स्वतन्त्र बनाई सक्यो। राजाको गुलामीबाट आजाद गराई सक्यो। फेरी पनि त्यो चौकीदारले पुरानो साहु खोजे जस्तै उही राजा खोज्दै हिडदै छौ। कस्तो बिडम्बना!! हो धेरै मान्छेले राजसंस्था मा विश्वास गर्छन, र गर्थे। ती सारा नेपालीलाई मा के भन्छु भने संस्थालाई मात्र विश्वास गरेर हुदैन, संस्था चलाउनेलाई पहिले विश्वास गर्नु जरुरि छ। पूर्व राजा ज्ञानेन्द्र, उनका छोरा पारस...के यिनीहरूको गुलामी गर्न पुगेन तपाईंलाई??

हाम्रो देश नेपाल गरिब छैन, हाम्रो मन गरिब छ, हामी नेपालीहरुको सोच गरिब छ।। - चितवन टुडे

यस कुरालाई धेरै नेपाली दाजु-भाई,दिदि-बहिनीहरु संग "Share" गरौँ।
http://www.facebook.com/chitwantoday
Read Full Discussion Thread for this article