Posted by: sunayani March 29, 2012
मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ
Login in to Rate this Post:     0       ?        
हो सही भन्नु भयो जिते जी, मान्छे नै त्यो चिज हो जो जतिबेला जे पनि बन्न सक्छ, कहिले साह्रो ढुङ्गा त कहिले नौनी, कहिले देवता त कहिले राक्षस , जसरी साह्रो हुनु ढुङ्गाको नियती हो त्यसै गरी बदलिनु पनि मान्छेको नियती हो। समय परिस्थितीलाई बुझेर बद्लिनुनै मानिसको प्रक्रिती हो। यसैले ढुङ्गा र मान्छे दुबैले आफ्नो नियती भोगिरहेछन र प्रकृतिक गुण देखाइरहेछन्। यसैले यही यथार्थ लाई बुझ्नु नै ठीक हुन्छ होला। गलत भएमा माफ पाँउ।
Last edited: 29-Mar-12 07:00 PM
Read Full Discussion Thread for this article