Posted by: Ghorle Boko March 18, 2012
नेपालको नयाँ प्रधानमन्त्री
Login in to Rate this Post:     0       ?        
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ जनतामा निकै उत्साह छाएको थियो. चाहे त्यो कांग्रेस या एमाले सबैले बाबुरामका सुरुका कामका प्रसंसा गरेका थिए. अब अहिले आएर बाबुरामका सरकारका पछिल्ला केहि क्रियाकलाप हरुले गर्दा जनताका मन भाचिएको छ. उनको गठबन्धन सरकारमा भएका घुसखोरी मन्त्रि हरुले गर्दा उनि पनि बदनाम हुनु परेको छ. फलस्वोरूप उनको आफ्नै पार्टी को बैद्य पक्छ्या, कांग्रेस, एमाले सबैले उनको राजिनामा मागेका छन्.

के उनको राजिनामा नै निकासको बाटो हो त? तपाईको बिचारमा अब को प्रधानमन्त्री हुनु पर्छ नेपालमा?

मेरो बिचारमा;
गगन थापाले अब देश हाक्नु पर्छ. तर कांग्रेसका ति बुढा नेताहरुले के देलान बिचरा गगन लाई. सुशील दाइ को मर्नु अगाडी प्रधानमन्त्री हुने इच्छा होला. तर सुशील दक्ष्य छैनन्. उनले त बोलेको पनि बुझिदैन.

माधब नेपाल र झलनाथ त फेल भैसके. तिनीहरुलाई म नेता नै गंदिना.

के पी ओली को अलि बेला भाको छैन. राष्ट्रको नाम मा संदेश भन्यो भने उखान टुक्का हालेर हैरान पार्छ होला.

प्रचण्डलाई त नेपाली जनता हरु कसैले मन परौदैना. उनि एकचोटी फेल भैसके.

शेर बहादुर, पशुपति समशेर, लोकेन्द्र बहादुर, कमल थापा, सुर्य बहादुर थापा त सबै पुराना भए. अब उनीहरुको पालो अर्को जुनीमा आउछ.

उसो भए को हुन सक्छ त देश र जनताको भलो गर्ने प्रधानमन्त्री??


म त भन्छु, कांग्रेस, एमाले, फोरम, र माओबादीका असल नेताहरु मिलाएर एउटा मन्त्रि मण्डल गठन गरेर डा. भट्टराईले नै देश फेरी हाक्नु पर्छ. तपाई के भन्नु हुन्छ?
Read Full Discussion Thread for this article