Posted by: jhikey dai March 17, 2012
तिमि ठुला कुरा नगर म त्यो देश को नागरिक हु जहाँ......
Login in to Rate this Post:     0       ?        

थुइक्क !!!!! मेरो देश को मन्त्रि लाई विदेश जान visa चाहिन्छ भन्नि कुरा पनि पत्तो छैन

किन समातिएछन् हँ विदेशमा मन्त्री ?

सभासद्हरुले मात्र पासपोर्ट बेचेर देशको बेइज्जत गरे भनेको त हुँदाहुँदा अब त मन्त्री नै विदेशमा समातिएको खबर पो आउन थाल्यो त। ITB Berlin Convention 2012 मा भाग लिन श्रीमतीसहित गएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट त समातिएछन् पो। सुरुमा कतारमा भन्थे पछि अबु धाबीमा पो समातिएका रैछन्।

किन समातिएका रे भनेको त जर्मनीको भिसा रैनछ रे इकान्तिपुरका अनुसार। हिजो दिउँसै काठमाडौंबाट इतिहाद एयरवेजबाट उडेका मन्त्रीलाई रातभर अबु धाबीको अध्यागमन प्रहरीले हिरासतमा राखेछन्। बिचराले म त मन्त्री हुँ पनि भने होलान्। तर कसले पत्याउने ? मन्त्रीले नि कहीँ भिसा नलिई विदेश उड्छ ? मन्त्री भनेर थाहा पाएपछि अब उतैबाट भिसा लिएर भोलि उड्ने भएछन् जर्मनीतिर। भिसा बिना नै उड्ने यात्राको योजना कसले बनाएको होला ? मन्त्रालयमा त्यत्रा कर्मचारी हुन्छन्। कसले के गरेर बेइज्जत हुने काम गरे यो? हैन के अचम्म हो यो।

Read Full Discussion Thread for this article