Posted by: jhaukiri March 17, 2012
परिबन्द -२ !!
Login in to Rate this Post:     2       ?         Liked by
 परिबन्द -२ !!
 
दुखाईको अनुभूतिलाइ , 
समयको बाछिटा बनाएर 
एती सजिलै जीबनको बलेशिमा पोख्छौ जस्तो लागेको थिएन ||
 
"दोषी समय" बनाएर ...
तिम्रो बिरालो चोखाई नबुझेको पनि होइन 
तर परिबन्दको डुबाइमा ओबानो बन्ने तिम्रो इच्छाले 
फेरी एक पटक तेही समय लिएर आयो 
जसलाई तिमीले "बितेको" उपमा दिइसकौ ||
 
म तेही पल ...........तेही मोडमा संगालेर बसेकी छु |
 
न हावाको सम्मिश्रण बिग्रियो .... न तिम्रो 
आफै हेर ...
आफ्नो असछेमतालाइ  कसरी खाल ओडाएर ........
मिथकमा बाचीरहेका छौ ,
त्यो हल्कापानको वजनले मेरो उपस्थितिको भार के थाम्न सक्ला 
जिम्मेवारीको भगाईबाट कापेको शब्दले मलाई आस्वस्थ पर्ने चेस्टा गरौ ..
यो उपहासमा हासौ कि रोउ ||
 
 
विशेषण लगाएर  सबोधन गर्दैमा .समयको  . अटलता पारिबर्तित हुँदैन
उ किन बित्छ , बित्ने त घटना हुन् ...ती घटनाका पात्रहरु   ..
परिकल्पनाको सम्बन्धमा 
स्वार्थको बिज रोपेर तेस्लाई "माया" भन्छौ भने ...
विश्वास गर तिम्रो नासमजताको दाद दिन्छुमा 
 
तै मेरो जिन्दगीबाट तिमी  बितेउ ....
समय होइन परपीडक थियौ तिमी ||
 
 
 
Last edited: 17-Mar-12 07:25 AM
Read Full Discussion Thread for this article