Posted by: jhaukiri March 15, 2012
परिबन्द !!!
Login in to Rate this Post:     4       ?         Liked by
 समय बितेछ !
हल्का  भयो ....
तिम्रो दोष होइन......परपिडक थियो त्यो समय ..... |
 
आफ्नो उपस्थितिलाइ ...
आफ्नै दृस्टीकोणले  हेर्दा ...
तिमीले छोडेको शुन्यता .....
फेरी  एक पटक तेही समयमा लगेर रिपिट टेलीकास्ट हुन्छ .....
तिमीले माया भनौ 
मैले माया गरे ...
गले , थाके .र ...बिलाए ....
 
कस्तो आस्था हो ...
कस्तो अनुभूति ...
मेरो "म" बन्ने धुन ...
तिम्रो "उ" बन्ने विश्वास...
हाम्रो "हामी" हुने चाहना... 
धमिलो पानीको माछा बन्यो ...
 
अविश्वास त नभनौ ..तर विश्वास केहि थिएन
के हुनुपर्ने, कति हुनु पर्ने ...कस्तो हुनु पर्ने ...
ओझेल भयो ...
मैले लिएको सास तिमीले फेर्दा ..
तिम्रो पारदर्शिता... मेरो प्रतिबिम्ब भयो |
 
कस्तो गारो ...
कति सास्ती ...
एउटा रिक्तता लाउनलाइ
...तेस्मा बाच्नलाई...
सत्यको ...अजिब्ता ...
तिमी नहुनु ....कस्तो असत्य ...
 
तै समय बित्यो .. 
छोड अब....मैले भनेनी परपीडक थियो त्यो समय ..|
.
 
Read Full Discussion Thread for this article