Posted by: Nepal ko chora March 8, 2012
एउटा प्रेम कथा ... बिदेशको
Login in to Rate this Post:     1       ?         Liked by
भाग २

उनी गइन, म भने पत्रीका, केक अनी कफी मा केही बेर हराए। पेटलाई पनि केही शान्ती मिल्यो। होटल फर्के, चेक आउट गरे, अनी एउटा ट्याक्सी बोलाए। अघिल्लो पटक ब्याङ्कक आउँदा भाषाको समस्या परेर एक घण्टा ट्याक्सीमा बरालिनु परेको कुरा मेरो मानसपटलमा ताजै थियो। त्यसैले होटल कै मान्छे लाई म पुग्नु पर्ने ठाउँको ठेगाना दिएर ट्याक्सी वालालाई राम्रो सँग बुझाई दिन भने। उनिहरु थाइमा कुरा गर्दै थिए,  ट्याक्सी वाला बेला-बेला मा टाउको हल्लाउदै थियो। म भने लाटो जस्तै केवल हेरी रहे केही बेर सम्म, आफुले नबुझ्ने शब्दहरुले भरिएको त्यो दृश्य। होटल को मान्छेले मेरो सामान ट्याक्सी मा हाल्यो, म पनि सामान कै पछी-पछी लागे। ट्याक्सी गूड्यो, ब्याङ्कक भीड-भाड छिचोल्दै। आँखा वरिपरी नाची रहेका ठुला-ठुला गगनचुम्बी महल अनी ति भिमकाय संरचनाको वरीपरी घुमिरहेको मान्छेको भीड। त्यो चिरपरिचित द्रिश्यले केही सोच्न वाध्य बनायो। जुन शहरमा पनि किन यती धेरै मान्छे? यी सबै यही जन्मेर हुर्केका त पक्कै हैनन। शायद यो भीड पनी आफ्नो आफ्नो सपना पछ्याउदै शहर तिर आइपुगेको  होला, जसरी मलाई मेरो सपना ले दस बर्ष अगाडी गाउबाट काठमाडौं लिएर आएको थियो। हाम्रो यो सपनाको पछी दौडिने क्रम: कहिले तोडिएला? एक पछी अर्को कहिले न टुट्ने यो सपनाहरुको सिक्री। यिनै कुरा मनमा खेलाउदै थिए, ट्याक्सी घ्याच्च रोकियो। अन्जली को घर आइ पुगेछ।
 
छुट्टीको दिन भएर होला सबै जना घर मै रहेछन। एक छिन परिचयको क्रम चल्यो। अन्जली अनी उनको श्रीमान परिस्कारसँग त मेरो पहिला देखी नै परिचय थियो। सिङापुरमा पढ्ने अन्जलीको देवर अबिरल पनि छुट्टी मनाउन ब्याङ्कक मै रहेछन।  कुरैकुरामा अन्जलीको नयाँ परिवारको बारेमा जान्ने मौका मिल्यो। ससुराको फुकेट मा  ब्यापार रहेछ। त्यसैले सासु र ससुरा उतै बस्नुहुने रहेछ। अन्जलीको नन्द कुन्जिनी भने ब्यङ्कक मै पढ्ने अनी काम पनि गर्ने रहिछन तर उनको कलेज दाईको घर बाट टाढा पर्ने भएकोले कलेज नजिकै डेरा लिएर बसेकी रहीछन।
 
परिचयको छोटो कार्यक्रम पछी भोजन को पालो आयो। निकै मिठो खाना बनाउने रहिछन अन्जली ले, परिस्कार ले माछा पकाएको रे। अन्जली भाग्यमानी नै रहिछन, परिस्कार ले बनाएको माछा पनि कम मिठो थिएन। खाना पछि लोकल थाइ "सिङ्घा" बियर को चुस्की लिदै जिन्दगीको पुराना पन्नाहरु पल्टाउदा दिन पुरै बित्यो। अबिरल पनि छुट्टी मनाउन आएकोले उ पनि म संगै घुम्न जाने भयो। मलाई त ढुङा खोज्दा देउता मिलेको जस्तो भै हाल्यो। सांझको खाना खाइ सके पछि अबिरलसँग बसेर कहाँ कहाँ घुम्न जाने भनेर योजनाहरु बनाउन थाल्यो। जे होस अन्जलीलाई भेटेर यो भ्रमण सहज बन्न पुगेकोमा मन-मनै दंग भए, अनी भुसुक्क निदाए।

भोली पल्ट बिहानै अबिरल र म बस चढेर थाइल्यान्डको उत्तरी भागमा रहेको च्याङ माइ शहर तिर लाग्यौ। अबिरल मान्छे रमाइलो रहेछ। बाटो भरी उसको कलेजका उटपट्याङहरु एकपछि अर्को गर्दै ओकल्दै गयो। दिन भरीको बस यात्रा कति चाँडो बित्यो थाहा नै भएन, च्याङ माइ पुग्दा रात परिसकेको थियो। भोलि पल्ट बिहान उठेर टुक-टुक चढेर पुरै शहर घुमियो, गुम्बा अनी मन्दिर दर्शन गर्न गइयो। पिङ भन्ने नदीले शहरलाई दुई चिरा परेको रहेछ। च्याङ माइ निकै सुन्दर शहर रहेछ। थाइल्यान्डको अरु भाग को तुलनामा अली सितल हुने हुँदा स्वदेशी अनी बिदेशी पर्यटकको घुइचो लाग्ने रहेछ। दुई दिन त्यहाको उकाली र ओराली गर्दै बित्यो, अनी त्यहाको डाडां-काडां देखेर नेपाल को सम्झना आयो।

दुइ दिन च्याङ माइ को बसी पछि फेरी बस चढेर त्यहाँ भन्दा केहि घण्टा पर रहेको च्यांग राइ शहर तिर लाग्यौ| कोका नदी ले बीच बाट चिरेको च्यांग राइ सहर झट्ट हेर्दा च्यांग माइ जस्तै रहेछ| उही पहाडी उकाली-ओराली, उही सुन्दर गुम्बा, मन्दिरहरु अनि स्तुपहरु| इतिहासका पन्नाहरु आखै अगाडी झल्झली प्रस्तुत गर्ने ति पुराना संरचनाहरु अहिले पनि हिजो मात्र बनाको जस्तो लाग्ने| इतिहास संग मात्र परिचित न भएर प्रकृतिका सुन्दर उपहारहरु खुन कोन झरना र नाकारिन पार्क संग पनि जम्का भेट भयो| एक पटक फेरी नेपालको सम्झना आयो| यस्ता झरना त हाम्रो देशमा सयौ होलान, यस्ता पार्क पनि हामी सयौ बनाउन सक्छौ होला| पर्यटकको तिर्थस्थल बनिसकेको देशमा २-४ ओटा अरु नया गन्तब्य थप्न सके सायद हाम्रो पर्यटन ब्याबसाय अरु फस्टाउने पो थियो कि? नेपाल भन्दा अलि कति बिकसित ठाउ मा पुग्दा नेपालमा गर्न सकिने धेरै कुराहरु मन मा आउने रहेछ|

दुइ दिन को बसाइ पछी च्यांग राइ शहर संग बिदाबारी गरेर समुन्द्र को आनन्द लिने विचार गर्दै पुन: दक्षिण तर्फ झर्यौ| च्यांग राइ बाट प्लेन समातेर ब्यांकक अनि त्यहाँ बाट बस समातेर पटाया तिर लाग्यौ। अविरलले बाटो भरि
पटायामा गरेका बिगतका रसरंग को बर्णन गर्दै गएकाले साँढे दुई घण्टाको बाटो कति चाँडो बित्यो थाहा नै भएन। समुन्द्र को त्यो मनमोहक दृस्यहरु, जेट इस्की को यात्रा अनि पारासेलिंग को अदभुत अनुभवले पटाया को दुइ दिनको बसाइ लाइ सारै मनोरम बनायो| फेरी एक पटक नेपालको याद आयो| हाम्रो देशमा पनि यस्तै समुन्द्र भैदिएको भए? पटाया बाट फर्कन त मन थिएन, तर सधै को लागी त्यहा बस्न पनि त गएको हैन|

एक हप्ता को बसाइलाइ मानसपटलमा सधै को लागी ताजा भै रहने गरी कैद गरेर हामी ब्यांकक फर्कियौ|  शुर्क्रबार को साँझ थियो| अन्जलिको घर पुगेर ढोका खोल्न घन्टी बजाउदा त उही क्याफेमा केक र कफी सर्भ गर्ने सुन्दरीले पो ढोका खोलिन| 

क्रमश …….


Last edited: 08-Mar-12 08:45 PM
Read Full Discussion Thread for this article