Posted by: Geology Tiger March 5, 2012
सम्झनामा
Login in to Rate this Post:     0       ?        
डल्ले, म पनि गजलकार अथवा गजलको जानिफकार चाँही होइन । मलाई गजल लेख्न पनि आउँदैन र अहिलेसम्म लेख्ने प्रयास पनि गरेको छैन । तर पनि म यस्तो ठाँउमा बस्छु, जहाँ मान्छेहरु दिनभरि जसो गजल ओकली रहन्छन्, गजल पढ्छन, गजल खान्छन्, गजल पिउछन् .... शायद रेष्टरुममा पनि गजलाई उत्पादन गर्छन् कि खै ? छोटकरीमा भन्नुपर्दा यहाँ गजल आतंक छ ।

ठुल्दाइले भने जस्तै डल्लेको लेखाइमा मिठो भाव छ । तर यदि गजल नै भन्ने हो भने रदिफ, काफिया, बहर.. आदी इत्यादी धेरै मध्ये कम्तीमा पनि रदिफ र काफिया चाँही भयो भने राम्रो भन्छन् क्यार ! (ठुल्दाइलाई बढी थाहा होला) । जे होस् डल्लेको गजलमा रदिफ त छदै छ, अझ काफिया पनि भएको भए राम्रो हुन्थ्यो कि? त्यसो त बहर पनि भएको भए झन राम्रो हुन्थ्यो होला ...

तर जे होस् प्रयास राम्रो छ ...
Read Full Discussion Thread for this article