Posted by: Kheladi1984 February 12, 2012
‎** हामीलाई जन्म दिलाउने र हुर्काउने बुवा पूर्ण बहादुर सैंजु को सम्झनामा **
Login in to Rate this Post:     0       ?        
धन बहादुर को सुपुत्र भै १९८६ चैत्र १ गते
आउनु भयो यस धर्ति मा भन्दै सिता पते
जन्मनु भयो भोजपुर, दावा बजार भन्ने ठाऊ मा
सैंजु कुल को दीप बन्नु भयो पूर्ण बहादुर नाऊ मा !

ब्यबहार गर्नु हुन्थ्यो भगवान राखी मन मा
श्रध्दा भक्ति गर्नु हुन्थ्यो सदा सत् संग मा
राष्ट्रसेवक हजुरको मूल मन्त्र दया,सेवा र धर्म
पिता पर्मेश्वर मन मा राखी गर्नु हुन्थ्यो कर्म !!

हजुरको मनमा सधै राखनु भयो पशुपति नाथ
राजभण्डारी पुत्री महालक्ष्मी लिनु भयो साथ
हजुरहरु बाट चार दीप प्रज्योलित भय यस धर्ति मा
काठमाडौँ ,होंग कोंग, लण्डन र न्युयोर्क भन्ने ठाऊ मा
प्रसिध्द भय ज्वाला, इन्द्र, शिव र बिनोद नाऊ मा !!!

स्वर्ग बाट आय बिमान हजुर लाई लिन
बि. सं. २०६८ भाद्र ३ गते को दिन
कृष्ण सस्ठी शनिवार बिहानी को बेलामा
हजुर को सवारी चल्यो स्वर्गीय मेलामा
हजुरको आत्मालाई सदा शान्ति मिलोस
हजुर लाई मिलोस सदा बैकुण्ठ को वास !!!!............
Read Full Discussion Thread for this article