Posted by: HairyBicep February 10, 2012
हेलो शुक्रबार, गुड्बाइ लुइटेल
Login in to Rate this Post:     0       ?        
 मैले एउटा कुरा नबुझेको ।

अहिलेसम्म नेपाली छापाहरुमा छापिने गरेका अन्तराष्ट्रिय समाचारहरु, अनि ती मध्यपनि बिशेषत टेक्नोलोजी, हलिवुड र खेलकुदका समाचारहरु त अन्तबाट हुबहु सारिने नै गरिएको थियो नि। यदि यो ट्रेन्डलाई कान्तिपुरले बन्द गर्न खोजेको हो भने नेपाली पत्रकारिताले एउटा सानो भएपनि खुड्किला चढेको भनेर मान्नै पर्छ। 

हेलो शुक्रबार नपढे तापनि यी "पत्रकार" को चर्चा भने बेलाबेलामा संजालहरुबाट सुनि भने राखेकै थिएँ है। दिनेस वाग्लेको साइड किक ् भएर उस्तै एरोगेन्स ढल्काएर मै हुँ भन्ने यिनको बानी अलि अपाच्य नै थियो, तरपनि फुच्चेको जोश नै होला भने खासै वास्तापनि गरिएको थिएन। तर नेपालमा पत्रकार भइटोपलिएपछि भने शान नै अर्को हुँदो रहेछ। नेताहरुले पाए जस्तो गाडीको टायर साइजको माला नपाएपनि वहाँहरुको मालापनि कम सानो भने हुन्न है। त्यही भएर बिग्रेका हुन् कि?



Read Full Discussion Thread for this article