Posted by: _____ January 21, 2012
गौतमबुद्ध तिथिक्रम र राज उत्तराधिकारी
Login in to Rate this Post:     0       ?        
गौतमबुद्ध तिथिक्रम र राज उत्तराधिकारी
पारसमणि पोखरेल

बुद्ध पूज्य छन् । मान्य छन् । अन्य सम्प्रदायीहरूका दृष्टिमा पनि महामहिम शान्तिका प्रतिक महामानव छन् । तिथि मिति सहितको इतिहास लेखिन थालेको धेरै सय वर्ष भएको छैन । गौतम बुद्धको जन्म मितिको बारेमा सामान्य व्यक्ति, आधिकारिक संस्था, इतिहासविद आदि सबैका विभिन्न मत छन् । तापनि कपिलवस्तु-लुम्बिनी र वैशाख पूणिर्मालाई कसैले छोडेका छैनन् । यस प्रसङ्गमा हिन्दुस्थान समाचार १९७०।७१ ले ई.पु.४८७ र जनवरी १९४८ को नारी विशेषाङ्क कल्याणले ई.पू. ५६६ लेखेको छ भने सुप्रसिद्व बामपन्थी साहित्यकार राहुल सांकृत्यायनले दर्शन दिग्दर्शन नामक पुस्तकको 'बुद्धदर्शन' १८ पेजमा लेख्नु भएको छ -"सिद्धार्थकी मा मायादेवी अप्ने मैके जारही थी उसीवक्त कपिलवस्तुके कुछ मिलपर लुम्बिनी नामक शाल वनमे सिद्धार्थ पैदा हूय । उनके जन्मके ३१६ वर्षवाद तथा अप्ने राज्यभिशेष के विसवे साल -अशोक ने इसी स्थान पर एक पाषण स्तम्भ गाडा था जो अब भी वहाँ मौजुद है । " उद्धृत अनुक्षेदले सिद्धार्थ गौतमबुद्ध र अशोकको कार्यकाल लगभग ३०० वर्ष फरक देखिन्छ ।

पुनःमुद्रण २००२ प्राचीन भारतमा डा. रमेशचन्द्र मजुम्दारले लगभग ३२२ ई.पू. मा चन्द्रगुप्त मौर्य गद्दि नसीन भएर वारीसार समेतले आधा शताब्दी राज्य गरेको देखाएका छन् भने १३५ पेजमा भनिएको छ - "बौद्धधर्म ' गौतमबुद्ध -बौद्धधर्म संस्थापक गौतम शाक्य जातिके क्षत्रीय थे । शाक्य नेपाल की तराइ के उस भाग मे रहते थे जो उत्तर प्रदेशके वस्ति जिले के ठीक उत्तर पड्ता है । परवर्ती काल की लोक श्रुतियो मे गौतम को एक शक्तिशाली राजाका बेटा बताया गया है और कहा गया है कि उनका पालन पोषण राजप्रसाद के विलासो मे हुवा था । किन्तु तत्थ्य तो यह है कि शाक्यांेे का संविधान लोकतन्त्री था और गौतम के पिता कुछ काल के लिए उस राज्य के प्रधान चुने गय थे । गौतम कि जन्म तिथिके सम्बन्ध मे काफी विवाद है, किन्तु वह ५६६ ई.पू. के आस-पास मानी जा सक्ती है ।"

पंं. परमेश्वर झाको १९४९ आश्विन कृष्ण ७ मा प्रकाशित मिथिलातत्वविमर्श नामक पुस्तकमा लेखिएको छ- । "बौद्धराज्य' उक्तजनक वंशक राज्य समाप्त भेला पर बहुत दिन धरी बौद्ध राजा सभक अधिकारमे ई मिथिला देश छल । जानैक चाही जे बुद्ध -सिद्धार्थ) क जन्म सन् इसवी सं ५५७ शाके सं. ६३५ वर्ष पूर्व नेपालक कपिलवस्तु नामक स्थान मे भेलैन्ह । वापक नाम शुद्धोदन माइक नाम मायादेवी छलैन्ह ।" तिथि मिति तत्थ्य नभए पनि नेपाली भाषामा गौतमबुद्ध सम्बन्धी यस्ता खोजपूर्ण पुराना लेखहरू पढ्न पाइदैनन् । दलाई लामाको पलायनपछि बुद्धजयन्ती मनाउन एउटा निर्णय बिन्दु तयार गरे अनुसार सिद्धार्थको जन्म कलेर्गताब्दा २५२७ वि.स. ४८७ सन ५४४ पूर्व लुम्बिनी आमराईमा वैशाख पूणिर्माको दिन भएको ठहर्छ । निर्णय बिन्दु खास फरक देखिँदैन । अहिले सम्म राज्यले वास्ता नगरे पनि आगामी बुद्धजयन्ती २५५६ देखि पञ्च्ााङ्गमा बुद्ध संवत् लेख्दा नेपाल सरकारलाई नोक्सान नपरिकन मिति बिबादको अन्त्य हुन्थ्यो ।

ज-जसले जुन जुनजुन दृष्टिकोणले तिथि तय गरे पनि सिद्धार्थ कपिलवस्तु राज्यका ३७ औ राज उत्तराधिकारी ठहरिन्छन् । अन्यथा श्रीमद्भगवत्को कलियुगी सूर्यवंशमा "तस्मात् शाक्योथ शुद्धोदन लाङ्गलस्तत्सुतस्मृत ।" अर्थात् -शाक्यका छोरा शुद्धोदन शुद्धोदनका छोरा लाङ्गल सम्झनुहोस् ।) लेख्नु पर्ने थिएन । यहाँ दुईवटा प्रश्न खडा हुन्छन् । एउटा शाक्य सनातन धर्मका पक्षपाती थिए । वानपस्थ आश्रम नलिइकनै तपस्वी जीवन विताएका राजषिर् । लाङ्गब्ल शुद्धोदनको अवैधानिक पत्नीबाट जन्मिएका कुमार जसलाई तत्कालीन बोलिचालिमा लाङ्गल भनिन्थ्यो । लाङ्गल कलियुगी सूर्यवंशमा राजा कसरी भए

त ? अबोध शिशु सिद्धार्थले माता मायादेवीलाई चिन्नै पाएनन् । उनलाई आमाकै सहोदर बहिनी गौतमी महाप्रजापतिले राजोचित शिक्षा दीक्षा र स्याहार सम्भार गरेर हुर्काएकी हुन् । उनका मावली बाजे कोलिया नरेश महासुप्रबुद्ध थिए । उनको गोत्र गौतम थियो । छोरा थिएनन् । किसा गौतमी समेत तीन जना छोरी थिए । किसा अवैधानिक पुत्री थिइन् । छोरा नहुनुकै कारणले शुद्धोदनसँग अनुमति लिएर सिद्धार्थको उपनयन मावलीको गौतम' गोत्र प्रदान गरेर नामको अन्तमा बुद्ध समेत जोडी गौतमवंशी नरेशको परम्परा कायम गरेका थिए । सिद्धार्थ कोलिया र नन्द कपिलवस्तुका राजा हुन्छन् भन्नेमा शुद्धोदन निश्चिन्त थिए ।

सिद्धार्थले शिक्षा दीक्षाको लागि अन्यत्र जानु परेन सबै शाक्य विद्यापीठ कपिलवस्तुमै प्राप्त गरे । किशोर अवस्था पार गर्नासाथ उनमा दुई प्रश्न खडा भए । एकातिर उपनयनमा प्राप्त 'बुद्ध' उपाधिलाई कसरी कार्यान्वयन गर्ने र अर्कातिर कपिलवस्तुका आर्थिक विपन्न जोताहा किसानहरूको जीवनस्तर कसरी उठाउने ? त्यसैले उनले एउटा कृषि महोत्सवबाट अधिराज्यव्यापी कृषि यात्रा गरेर राजपरिषद्मा कार्यान्वयनको लागि प्रतिवेदन पेस गरेका थिए । कृषि प्रतिवेदन कार्यान्वयन नभएपछि उनको विचार सम्पूर्ण प्राणीमा सेवा-सद्भाव र ब्रह्मचिन्तनतिर मोडियो ।

राजा शुद्धोदनले सिद्धार्थलाई विलासीतातिर फर्काउन अनेक उपायहरू रचेका थिए । कुनै उपायमा पनि सफल हुन सकेन र अङ्गरक्षक छन्दकलाई आˆनो प्रयास जारी राख्न सुझाव दिए । राजनिकुञ्जका हिस्रंक जनावरहरूसँगको सप्ताहव्यापी सम्मेलन कार्यले सशङ्कित भएका राजा शुद्धोदन र छन्दकलाई सिद्धार्थ कपिलवस्तु वा कोलिया राज्यको उत्तरदायित्व बहन गर्छन् भन्ने विश्वास थिएन । राजपरिषद्का सदस्यहरूलाई पनि शङ्का नै थियो । युवराजको गतिविधिले गर्दा युवराज घोषणा हुनु पूर्व गरिनेे सूर्यवंशी कुमारहरूको प्रतिरक्षात्मक प्रतियोगिता हुन सकेेको थिएन । मौकाको फाइदा उठाउन चाहने राजकुमार देवदत्तले राजपरिषद् मार्फत् विन्तिपत्र चढाएरै प्रतियोगिताको मिति तय गराए ।

प्रायः कुमारहरू अश्वारोहण, लाठी, तरवार, निशाना, कुस्ती, पौडी आदि दैनिक पुनर्ताजगी अभ्यास गर्थे । राज्यकै मुख्य व्यक्ति सिद्धार्थ भने दरबार परिसरभित्रको अशोक वृक्षको छहारीमा ध्यान मुद्रामा रहन्थे । राजगुरु, छन्दक वा राजारानी कसैले सम्झाए भने 'कुनै पनि प्राणीले बालक, युवा, बृद्ध र मृत्यु प्राप्त गर्छ । प्राय कतिपयले अधिकांश समय रोगको पनि सामना गर्नुपर्छ । यस्ता अवस्थालाई रोक्ने कुनै उपाय छ ?' भनेर उल्टै प्रश्न गर्थे । तसर्थ राजपरिवारमा उनलाई सम्झाउन सक्ने कोही भएन ।

एकदिन वसन्तको ऋतु बिहानी मै साताव्यापी प्रतिरक्षात्मक प्रतियोगिता सुरूभयो । त्यस प्रतियोगितामा दुष्ट घोडाहरू समेतलाई काबुुमा राखेर शस्त्र परिचालन गर्नसक्ने कुमार देवदतको रवाफ खुव बढेको थियो । नन्द अर्जुन र अन्य कुमारहरूमा त्यस्तो उत्साह

थिएन । सबैले नाम लेखाई सकेपछि अन्तमा सिद्धार्थले पनि नाम दर्ता गराए । प्रतियोगितामा सिद्धार्थको नाम पछाडि नै आउने भयो । दिनमा एउटा प्रतियोगिता हुन्थ्यो । अन्त्यमा सिद्धार्थले विजय हासिल गर्थे । अन्तिम दिन अश्वारोहण सहित निशानाबाजी थियो त्यसमा पनि सिद्धार्थले नै जिते । देवदत्तलाई सैहृय भएन र विरोध गर्दै भने -कण्ठक जस्तो निजी घोडा प्रयोग गरेर जितेको जित जित हुदैँन । अश्वारोही प्रतियोगिताको नतिजा रोकेर जङ्गली कालो घोडा झिकाइयो जसलाई दाहिएकै थिएन । नामदर्ता क्रमले देवदत्त नै जङ्गली कालो घोडा काबुमा ल्याएर कुदाउने पहिलो व्यक्ति परे । अरू राजकुमारहरूले हिम्मतै गरेनन् । घोडाले नटेर्दा नटेर्दै देवदत्तले जबर्जस्ती चढेर कुदाउन मात्रै खोजेका थिए, घोडा जोडले उफ्रेर चारैखुट्टा झड्कार्‍यो र देवदत्तलाई निकै पर पुग्ने गरी फालिदियो । स्वास्थ्यसेवी नआइपुग्दै सिद्धार्थले उसलाई समातेर उठाए । त्यसपछि जीवनमा कहिल्यै नरिसाएका सिद्धार्थ बाघले बाख्रालाई झम्टे भंंंै झम्टेर जङ्गली कालो घोडाको नाकमा समात्न पुगे । ऊ उफ्रँदै थियो एकढाप पीठमा हान्नासाथ शान्त भयो । सिद्धार्थले त्यो घोडा चढेर कुदाउँदै लगाम दाँतले टोकेर तिरको निशानी र तरबारका खेलहरू देखाए । घोडा थाकेपछि कण्ठककै समीपमा बाँध्न पठाए ।

विद्या पीठमा गराइएको साधारण अभ्यासको भरमा विज्ञहरूलाई प्रतियोगितामा सिद्धार्थले जितेको देख्दा सम्पूर्ण दर्शकहरू छक्क परे । कृषि यात्राको प्रतिवेदनलाई राजनीतिक दृष्टिले हेर्ने जनता हिंस्रक जनावरहरूसँगको सम्मेलन र प्रतियोगिताको विजयलाई लिएर सिद्धार्थमा दैवी शक्ति छ भन्न थाले ।

पुत्री यशोधरा गोपाआर्य राजकुमारी सर्वगुण सम्पन्न भएको ठानेर कलि नरेश डण्डपाणि गोपालले भविष्यको लागि आफू अबगाल नबोक्न स्वयम्बरको आयोजना गरेका थिए । मगध, कपिलवस्तु र हस्तिनापुर मण्डलका राजा महाराजाहरूको उपस्थिति थियो । छन्दकले उक्साएर केही कुमारहरू सहित कपिलवस्तुका युवराज सिद्धार्थलाई स्वयंवरकै दिन स्वयम्बर समारोहमा पुर्‍यायो । सबै स्तरगत आसनमा बसे । समारोह सुरू भयो । यशोधराले स्वयम्बरको माला सिद्धार्थको गलामा लगाई दिइन् । कपिलवस्तु मण्डलमा शत्रुता गर्नु फलामको च्यूरा चपाउनु सम्झेर सबै चुप लागेर फर्के । सिद्धार्थ सोच्दै नसोचेको काम भयो भनेर किंकर्तव्य विमूढ थिए भने कपिलवस्तु र कोलियाले शप्ताहव्यापी उत्सव मनाए ।

सिद्धार्थमा दाम्पत्य जीवन र ब्रहचिन्तन् सँगसँगै चलेको थियो । एक पुत्र पनि प्राप्त भयो । जस्को नाम 'राहुल' राखे । राज्यको मोहमा लागेँ भने मावली बाजेले दिएको 'बुद्ध' उपाधि खेर जान्छ भनेर सुनसान रातमा तिलौराकोट दरवारबाट महाभिनिष्क्रमण व्रत लिएर पलायन भए । छन्दकले निकै दुःख गरेर एकपटक राजगृहमा भेटे पनि । तर सिद्धार्थले बुद्धत्व प्राप्त नगरी र्फकन्न भने । त्यसपछि अप्रत्यक्ष सुरक्षाका लागि पाँच अनुचरको व्यवस्था मिलाएर फर्के ।

शुद्धोधन सिद्धार्थलाई सम्झेर रोगाए भने नन्दले राज्यको अभिभारा नलिने भने । राजपरिषद् किंकर्तव्य विमूढ भएको थियो । आफू रोलवाला भएका हुनाले देवदत्त निकै रवाफिला भएका थिए । सिद्धार्थको कृषि प्रतिवेदन तुवाउन भूमिका खेलेका देवदत्तको विरुद्धमा भूमिहीन आर्थिक विपन्न किसानहरूले 'लाङ्गल'

खोइ ? भनेर विद्रोह गरे । लाङ्गल शुद्धोदनको गुप्त पत्नीबाट जन्मिएका छोरा थिए । कपिलवस्तुमा रहँदा महाराज शाक्यले बालक लाङ्गललाई बात्सल्य प्रेमका साथ आफैसँग राखेका थिए । राजाशाक्य देवलसँगै तपोभूमिमा गएपछि ऊ कहाँ गए कसैलाई थाहा थिएन ।

महाराज शाक्य र देवल समकालीन प्राणायामसिद्ध तपस्वी थिए । देवल किराँत -थारु) सन्त थिए । उनले योगवलबाट तीनपटक काललाई फिर्ता गरेका हुनाले कालदेवल भनिन्थ्यो । पं.वासेष्टेय कपिलवस्तु राज्यका राजपुरोहित थिए भने राष्ट्रिय गुरुको सम्मान कालदेवललाई नै दिइएको थियो । नामाकरण कै भोलि पल्ट सिद्धार्थलाई लुम्बिनीबाट तिलौराकोट भित्र्याएर ठूलो उत्सव मनाइएको थियो । राजषिर् शाक्यको आग्रहमा राजप्रासाद आएर कालदेवलले सिद्धार्थको दर्शन गर्दा आˆनो शिर पृथ्वीमा निहुर्‍याएर जम्लाहात गर्दै भने-महाराज चतुर्वाहु नारायण साधु सन्तको रक्षा गर्न आउनु भएको हो । सिंहासन बिना विश्वमै राज्य गर्नुहुने छ । उहाँ हज्जारौँ वर्ष रहनुहुनेछ । यो भविष्यवाणीको समय खोपीमा केही सेविकाहरू, राजारानी, शिशु सिद्धार्थ, छन्दक र तपस्वी कालदेवल मात्रै थिए । उनी फर्किए, वाणी गोप्य रहन सकेन । त्यस्ता शिद्ध तपस्वीलाई कतिले सन्काहा किरँात भनेर गालमुखाल पनि गरेका थिए ।

सिद्धार्थलाई राजनिकुञ्जबाट खोजेर ल्याएपछि चलाख छन्दकले आˆनो छोरालाई गुप्त रूपमा लाङ्गलको खोजी गरेर सुरक्षित राख्ने काम दियो । देशव्यापी खोजपछि राष्ट्रिय सङ्कटको बेलामा मात्र शाक्य गुफामा यज्ञ सूत्र र तामाको जन्तरधारी युवा साधुको रूपमा फेला पर्‍यो तापनि उसले परिचय दिएन । राजाको आज्ञाले छन्दक समेत गएर गोप्य रूपमा तिलौराकोट झिकाएर परिचय माग्दा तामाको जन्तर खोलेर राजाका हातमा लिखित भुजापत्र दिए । जसमा कपिलवस्तुका वैकल्पिक युवराज शुद्धोदनपुत्र लाङ्गल लेखेर दुई छेऊमा राजषिर् शाक्य र सिद्ध कालदेवलले नामसहित निशान छाप लगाएका थिए ।

Read Full Discussion Thread for this article