Posted by: Ban Kailo January 5, 2012
अमेरिकामा Asylum गर्नेमा नेपाली पाँचौ नम्बरमा
Login in to Rate this Post:     0       ?        
अमेरिकामा शरणार्थी भिषा पाउनेहरुमा नेपाली संख्या पाँचौ स्थानमा रहेको छ । अमेरिकी आप्रवाशन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालमा राजनीतिक द्वन्द्व सकिएको ५ बर्षसम्म पनि अमेरिकामा शरणार्थी भिषा आबेदन गर्नेको संख्यामा कमी नआएको देखाएको छ । अमेरिकामा सन् २०१० मा बढि शरणार्थी भिषा पाउने मुलुकहरुमा चीन, इथिओपिया, हैटी र भेनेजुयलापछि नेपाल परेको छ ।

तथ्यांकअनुसार सन् २०१० मा ४ सय १० जना नेपालीले अमेरिकामा शरणार्थी भिषा पाएका छन् । सन् २००१ यता २ हजार ३ सय ९६ जना नेपालीले अमेरिकामा शरणार्थीका रुपमा बस्न पाउनेगरि वैधानिकता पाएका छन् ।

More news on
http://onlinekhabar.com/2012/01/117304.html

Read Full Discussion Thread for this article