Posted by: amricane January 4, 2012
मलाई आज सुत्नै मन छैन
Login in to Rate this Post:     12       ?         Liked by

मलाई आज सुत्नै मन छैन

सुते पछी उठ्न पर्छ,

काम जना पर्छ,

कलेज जान पर्छ,

तेइ दिन्चर्या सुरु हुन्छ,

मलाई त्यो झेल्नै मन छैन,

मलाई आज सुत्न मन छैन |

 

सुते पछी सपना देखिन्छ,

मिठो अनी राम्रो,

धेरै कल्पना बुनिन्छ,

सुन्दर महल बनाइन्छ,

कैलाई पुरा नहुने कुरा देखिन्छ,

मलाई सपना मा बच्नु छैन,

मलाई सपना नै देख्नु छैन,

मलाई आज सुत्नै मन छैन |

 

उठे पछी एउटा नौलो बिहानी ले धेरै किरण बोकेर आउछ,

तातो न्यानो भए त सहन्थे,

तर त्यो घाम ले पोल्छ,

त्यो किरण धेरै पिडा बोकेर आउछ,

कैले पोल्छ,

कैले चर्याउछ,

कैले रुवाउछ,

मलाई रुनु नै छैन,

मलाई त्यो किरण चैयेको नै छैन,

मलाई आज सुत्नु नै छैन |

 

भोली भबिस्य हो,

एउटा नयाँ बिहान एउटा नयाँ जोस,

अनी एउटा नयाँ जागर,

तर मेरो त सब मरी सक्यो,

मलाई उठेर नयाँ केइ गर्नु नै छैन,

जोस मा उठेर कतै कुद्नु नै छैन,

म अल्छि लाचर बनी सके,

मलाई नयाँ केइ सुरु गर्नु नै छैन,

मलाई त नयाँ दिन नै चाइदैन,

येसमै रमेको छु,

जसो तसो झेलेको छु,

मलाई नयाँ दिन चैयेको नै छैन,

मलाई आज सुत्नु नै छैन |

 

म रोगी हुँ मलाई आरम ले मर्न छ,

प्रयोगसाला मा बनेका नयाँ आउसदी को प्रयोग गर्नु छैन,

म भतेको घर हुँ जेन्तेन ले छत तालेको छु,

तलक्क तल्कने जस्तपाता चैयेको नै छैन,

म आधरो मन परौने मशान हुँ,

मलाई सुर्योदय चैयेको नै छैन,

मलाई सुत्नै मन छैन,

सुते पछी नयाँ दिन आउछ,

मलाई त्यो चैयेको नै छैन,

मलाई आज सुत्न मन छैन |

Read Full Discussion Thread for this article