Posted by: shirish January 3, 2012
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     1       ?         Liked by
 आफन्त माझ दूरी निकै बढेको छ ।

घर घट्दै गयो, धुरी  निकै बढेको छ ।।

 

 

कुटो कोदाली बन्ने फलाममा खिया

मुखै  टल्किने छुरी निकै बढेको छ ।

 

सूर्यमुखीको खुशिे फिर्ता कैले होला   

बादलको चुरि फुरी निकै बढेको छ ।

 

तिम्रो यादमा दीयो बाल्न सकिएन

छातिमा आंधी हूरी निकै बढेको छ ।
Read Full Discussion Thread for this article