Posted by: Geology Tiger January 1, 2012
Did Jesus come near your house in Nepal?
Login in to Rate this Post:     3       ?         Liked by

हेत्तेरी जिसस ब्रो भन्छन् नि अति गर्नु अतिसार नगर्नु

हैन तिमीले एउटै कुरा कति भट्याउन सकेको भन्या? साझामा यति धेरै साथीहरु तिमी बिरुद्द कुर्लिदा पनि तिमी त टसका मस भएका छैनौ त । के तिमीले एक चोटि पनि यति धेरै मान्छेहरुले मैले भनेको कुरा गलत भनिरहेका छन्, शायद म नै पो गलत हुँ कि भन्ने सोच्ने आवश्यकता देखेनौ?

साझामा यसो नयाँ कुरा केही छ भनेर हेर्यो, 'जिसस तिम्रो घरमा आए कि आएनन्?' 'जिससले तिमीलाई गोलभेडाको अचार खुवाएकी खुवाएनन्?' 'जिससले तिम्रो गोठको भकारो सोरेके सोरेनन्?' अति भयो के साथी..

हेर आज नयाँ बर्षको दिनमा रमाइलो गरी नयाँ बर्ष मनाउ... यो मान्छेको दिमाग भुट्ने काम छोडिदेउ

ल आज नयाँ बर्षको एउटा रेजुलुसन बनाउ कि तिमी सोझासाझा नेपालीहरुको दिमाग भुट्ने काम बन्द गर्ने छौ र उनिहरुको आस्थामा, उनिहरुको विश्वासमा प्रहार नगरिकनै, उनिहरुलाई धर्म परिवर्तन गर्न नलगाइकनै, निस्वार्थ मनले उनीहरुको सेवा गर्नेछौ

कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो......
कुन सामाग्री पूजा गर्न साथ कसरी लाने हो..

मलम लगाउ आर्तहरुको चहराइरहेको घाउ.........

प्रभु येशु ख्रिष्टले तिमीलाई सद्बुद्धी प्रदान गरुन्


हैन सानदाइ आफ्नो छुट्टी मनाउन व्यस्त भएकोले यी साथीले छुट पाएका हुन् कि क्या हो? 

Read Full Discussion Thread for this article