Posted by: PeaceSoul December 23, 2011
के भनु र खै ?
Login in to Rate this Post:     5       ?         Liked by

जीवनमा बर्षात बनि, दरदरी बर्षने लाइ
मन मुटु सबै दिई, जीवन अर्पण गर्ने लाइ
हृदयको सिंहसानमा, राज गरि बस्ने लाइ
संसारको सबै खुसि, तिमिलाइ नै हो भन्ने लाइ
के भनु र खै ?
तिमि बिना जीवन, अन्धकार छ भन्ने लाइ
आँसु खस्दा काँध थापी, न्यानो माया देखाउने लाइ
मेरा कोमल यी ओंठमा, मिठो चुम्बन लिने लाइ
तिमि नै जीवनको, सबै थोक हो भन्ने लाइ
के भनु र खै ?
निभ्न लाको दीपमा, थोरै तेल थप्ने लाइ
फूलै फुलको उपहार, मुटु टुक्राई जाने लाई
एउटा जीवन टुक्राएर, अर्कै जीवन जोड्ने लाइ
के भनु र आखिर मा मुटु टुक्रे जाने लाइ
के भनु र खै ?
Read Full Discussion Thread for this article