Posted by: NALAPANI December 22, 2011
Realities of Communists
Login in to Rate this Post:     0       ?        
 सय वर्षअघि: 

 
'१० प्रतिशत रुसी जनता विश्व साम्यवादी क्रान्तिसम्म पुग्छन् भने बाँकी ९० प्रतिशतको रगत बगेर केही फरक पर्दैन ' 
 
भ्लादिमिर उल्यानोभ लेनिन, सन् १९१७ पेत्रोगाद सभा भाषणमा। 
 
सय वर्षपछि: 
 
“जनयुद्धमा दसौं हजारले बलिदान दिए। दसांै लाख मरेर भए पनि डाकाफटाहालाई सखाप पार्नुपर्छ।” 
 
पुष्पकमल दाहाल 'प्रचण्ड' २६ मंसिर २०६६, काठमाडौं तस्बिर प्रदर्शनीमा। 
 
१० करोड जनसङ्ख्या भनेको नेपालजस्तो चारवटा देशको कुल जनसङ्ख्या हो। यो सङ्ख्याका मानिसहरूलाई एउटा राजनीतिक पद्धति, कम्युनिज्म ल्याउन र त्यसलाई जोगाउन मात्रै निर्ममतापूर्वक हत्या गरिएका थिए भन्ने कुरा सामान्यतया पत्याउन सकिन्न तर यो सत्य हो। २०औं शताब्दीको करिब आधा भाग समयभित्र मात्र यी हत्या भएका हुन्। यो हत्या गरेर फालिएका व्यक्तिका खप्पर र नली हाड भेटाइएका आधारमा पुष्टि भएको सङ्ख्या मात्र हो। सामूहिक रूपले हत्या गरिएका तर विभिन्न प्रकारबाट प्राप्त सूचनाहरूका आधारमा उत्खनन् गरिँदा र थप खोजिँदा यो सङ्ख्या तीनगुणाले बृद्धि हुने अनुसन्धानकर्ताहरूको अनुमान छ। यस्तो हत्याबाट त्यसबेला ८० देश प्रभावित भएका थिए। 
 
नेपालमा एउटा कम्युनिस्ट पार्टी माओवादीले चलाएको हिंसात्मक सङ्घर्षमा यो रिपोर्ट तयार भएको बेलासम्म ३ हजार व्यक्तिको हत्या भइसकेको थियो। पछि यो सङ्ख्या बढेर सरकारी रेकर्डमा नै १७ हजार पुग्यो। 
 
हत्या गरिएका यो सङ्ख्याको दुईतिहाई कम्युनिस्ट पार्टी सत्तामा रहेको बेला, त्यो सिद्धान्त र त्यसको सत्ता टिकाउनका लागि भएको हो। कम्बोडियाको कम्युनिस्ट पार्टी सत्तारुढ रहेको बेला त्यो पार्टीका महासचिव पोलपोटको निर्देशनमा १९७६ देखि १९७९ बीचको तीन वर्षभित्र मात्र २० लाख जनताको हत्या भएको अनुसन्धान क्रममा देखियो। 
 
रुसको कम्युनिस्ट पार्टी अर्को सत्तारुढ अवस्थामा आफ्नै महाधिवेशन प्रतिनिधिसहितको ठूलो सङ्ख्यामा हत्या गर्ने कम्युनिस्ट पार्टीका रूपमा स्थापित भएको छ। चीनमा मात्र ६ करोड ५० लाख व्यक्तिले कम्युनिज्म ल्याउने र चलाउने नाममा ज्यान गुमाउनु पर्‍यो। त्यो सङ्ख्याको दुईतिहाई भाग कम्युनिस्ट पार्टी सत्तारुढ भएका बेलामा मारिएका थिए। 
 
यो एउटा राजनीतिक पद्धतिप्रति आरोप मात्र होइन। लामो समयसम्म अनुसन्धान भएर यो तथ्याङ्क प्रकट भएको हो। त्यो अनुसन्धानपछि एउटा पुस्तक आयो। जसको नाम हो द ब्लायक बुक अफ कम्युनिज्म। त्यसको साइटमा गइयो भने यससँग सम्बन्धित अनुसन्धानकर्ता, लेखक, सम्पादक, समीक्षक र अनुवादकहरू एउटा समूह र उनीहरूले उल्लेख गरेका घटना क्रम, निष्कर्ष र सुझाव भेटिन्छन्। 
 

 
यसमा हिल्टन क्रेमर (ज्ष्तियल प्चब्कभच) को एउटा लेख छ। त्यसमा कम्युनिज्म ल्याउन र  त्यसलाई जोगाउन २०औं शताब्दीको करिब आधा भागमा कति मान्छे मारिए छन्, कम्युनिस्टहरू सत्तारुढ हुन कति र सत्तारुढ भएपछि त्यो सत्ता टिकाउन कति तथा यो सिद्धान्तको प्रचार गर्न मात्र कति मान्छे मारिएछन् भन्ने विवरण पाइन्छ। फ्रान्सका  प्रसिद्ध  अनुसन्धानकर्ताहरू स्टेफेम कार्सन (क्तभउजब्कभ ऋयगचतष्यल), निकोलाज वर्थ (ल्ष्अजयबिक धभचतज), जेन लुई प्यान (व्भबल ीयगष्क एबललभ), एन्टे्रज प्याजकोस्की (ब्लमचशभव एबअशपयधकपष्), कारेल वोर्तोसेक (प्बचभ िद्यबचतयकभप) र जान लुईस (व्भबल(यिगष्क) ले तयार पारेर सम्पादन गरेको पुस्तकको समीक्षा गर्दै त्यसभित्र के–के छन् भनी दिएको विवरणमा यी कुरा उल्लेख छन्। यो पुस्तकको फ्रेन्चबाट अंग्रेजीमा अनुवादकर्ता हुन् हवार्ड युनिर्भसिटीका प्रोफेसर  जोनाथान मार्फी  ( व्यलबतजबल:गचउजथ) र मार्क क्रमर ।
 

 


कहाँकति मारिए? 
 
183 सोभियत संघ – २० मिलियन (२ करोड)। 
 
183 चाइना– ६५ मिलियन (६ करोड ५० लाख)। 
 
183 उत्तरकोरिया – २ मिलियन (२० लाख)। 
 
183 कम्बोडिया – २ मिलियन (२० लाख)। 
 
183 भियतनाम – १ मिलियन (१० लाख)। 
 
183 पूर्वी यूरोप – १ मिलियन (१० लाख)। 
 
183 अफ्रिका– १.७ मिलियन (१७ लाख)। 
 
183 अफगानिस्तान– १.५ मिलियन ( १५ लाख)। 
 
183 लेटिन अमेरिका – १५००००। 
 
183 अन्तर्राष्ट्रिय कम्युनिस्ट गतिविधि सञ्चालन गर्ने सन्दर्भमा तर कम्युनिस्ट पार्टी सत्तामा नरहेको बेला १०,०००। 

 

 


 
.... तर सत्ता चाहिँ बचेन 
 
यति मान्छे मारेर स्थापित भएको कम्युनिस्ट शासन चाहिँ अपवादबाहेक धेरै ठाउँमा चीरजीवी भएन, जोगिएन। १९२० को दसकमा स्थापना भएको र संसारभरिका कम्युनिस्टहरूको प्रमुख स्रोतका रूपमा रहेको सोभियत कम्युनिज्म असीको दसकमा पतन भयो। असीको दसकसम्म संसारभरिका २३ वटा देशमा कम्युनिस्ट शासकहरू थिए। तर, त्यसपछि पतन हुँदैहुँदै ९० को दसकमा ५ वटा देशमा मात्र सीमित हुन पुगे। करिब ७ करोड मान्छे मारेर स्थापित भएको चीन यही दसकदेखि नाम मात्रको कम्युनिस्टवादी देश हुन पुग्यो। अहिले त त्यहाँ कम्युनिस्ट मेनिफेस्टोअनुसार अथवा भनौं साम्यवादी शासनपद्धतिको अवशेषका रूपमा मात्र छ। कतिपय ठाउँमा त्यसपछि कम्युनिस्ट शासन रह्यो तर त्यो चुनावबाट छानिएर आएको अवस्थामा। यति धेरै मान्छेको मृत्युबाट जन्मिएको कम्युनिस्ट सत्ता किन यति छिट्टै  यसरी धरासायी बन्यो भन्ने प्रश्नको गम्भीर अध्ययन हुन बाँकी  छ।   
 

 


साम्यवादी सत्ता स्थापना र  प्रजातन्त्रको उदय 
 
क्र.स.  देशहरू साम्यवाद स्थापना प्रजातन्त्र उदय 
 
१. सोभियत संघ १९१७ १९९१ 
 
२. मंगोलिाय १९२४ १९९० 
 
३. युगोस्लाभिया १९४५ १९९० 
 
४. भियतनाम १९४५ – 
 
५. अल्बानिया १९४६ १९९० 
 
६. पोल्याण्ड १९४७ १९९० 
 
७. रोमानिया १९४७ १९९० 
 
८. बुल्गेरिया १९४७ १९९० 
 
९. कोरिया (उत्तर) १९४८ – 
 
१०. चेकोस्लाभाकिया १९४८ १९९० 
 
११. चीन १९४९ – 
 
१२. जर्मनी (पूर्वी) १९४९ १९९० 
 
१३. हंगेरी १९४९ १९९५ 
 
१४. क्युबा १९५९ – 
 
१५. कंगो १९६८ १९९० 
 
१६. यमन (दक्षिण) १९६९ १९९० 
 
१७. बेनिन १९७२ १९९० 
 
१८. इथियोपिया १९७४ १९९१ 
 
१९. कम्पुचिया (कम्बोडिया) १९७५ १९९९ 
 
२०. मोजाम्बिक १९७५ १९९५ 
 
२१. अंगोला १९७५ १९९५ 
 
२२. लावस १९७५ – 
 
२३. अफगानिस्तान १९७८ १९९० 

 


 
अनुसन्धानकर्ताहरूको प्रश्न 
 
यो पुस्तकका लेखक, सम्पादक तथा समीक्षकले संसारभरिका विद्वत वर्गसामू एउटा गम्भीर प्रश्न राखेका छन्। नाजीवादका लागि हिटलरले दुई करोड पचास लाख व्यक्तिको हत्या गर्‍यो। त्यो अपराधलाई विश्वले अगाडि ल्यायो। तिनीहरूमाथि कारबाही भयो। घटनाका विरुद्ध संसारभरी व्यक्ति हत्याको निन्दा, भर्त्सना र घृणा फैलियो। तर, त्योभन्दा पाँचगुणा बढी अर्थात् १० करोड व्यक्तिको हत्या गर्ने त्यस्ता हत्यारालाई प्रेरणा र निर्देशन दिने व्यक्तिहरूलाई किन सार्वजनिक समारोहमा सम्मान गर्दै फुलका माला पहिर्‍याएर राखिँदै छ? राज्य मान्छेका लागि हो भन्ने मान्यतालाई मान्ने हो भने १० करोड व्यक्तिको हत्या अपराधको कुन तह हो? एउटा साधारण व्यक्तिले पनि उत्तर पाउन पर्ने हुन्छ। 
 

 


क्रुरताका नमुना 
 
    १० करोडको हत्या भयो,  त्यो एउटा पक्ष छँदैछ तर हत्या जुन क्रुरतम् रूपले गरियो अनुसन्धानकर्ताहरूले त्यो पक्षलाई गम्भीर मानेका छन्। टाउकामा घनले हिर्काइ खप्पर फुटाइ त्यहाँबाट चिम्टाले गिदी झिकिएको घटनाको दर्दनाक पक्षका बारे अनुसन्धानकर्ताहरूले त्यसलाई व्यक्त गर्न शब्द नै नपाएको स्थिति देखाएका छन्। 
 
कम्बोडिया उदाहरण एक: एकजना डाक्टरलाई घरबाट बाहिर निकालियो, उनी आफैं मुक्तिदाता सैनिकहरूको स्वागत गर्न बसेका थिए। शुल्क तिर्न नसक्ने गरिबहरूको निःशुल्क उपचारमा लागेका यी डाक्टर आफैं मानवीय थिए र प्रचार गरिएअनुसार कम्युनिस्ट सेनालाई मुक्तिदाता मान्थे। उनका घरमा सैनिक आए। यिनले आफू गरिब जनताको निःशुल्क सेवामा लागेको बताउँदै सैनिकहरूको स्वागत गरे तर सैनिकहरूले देशद्रोहीलाई उपचार गरेको बताउँदै गोली हाने। उनकी पत्नीको पनि त्यही एकैपटक हत्या गरियो। 
 
कम्बोडिया उदाहरण दुई: सिधा भएर उभिँदा पचास–सयजना पनि नअट्ने एउटा सानो कोठामा हजार जना मान्छेलाई कोचियो। बाहिरबाट फलामका डण्डीले घेरियो र कोठामा ताला लगाएर छाडियो। त्यो एउटा स्कुलको कोठा रहेछ। पछि अनुसान्धानकर्ताहरूले ती व्यक्तिहरूका खप्पर नली हाड यसरी खप्टिएको अवस्थामा पाए जो पर्खाल लाउँदा इँट्टाहरू जोडिन्छन्। 
 
कम्बोडिया उदाहरण तीन: त्यहाँ व्यापक भोकमरी थियो। सरकारबाट खाना बाँड्ने भनी भोका जनतालाई व्यापक सूचना गरियो  र एउटा निश्चित ठाउँमा गरिब, भोका जनतालाई भेला पारियो। खाना लिएर लाल सेना आउँदैछन् भनी तिनलाई निकैबेर प्रतीक्षा गराइयो। लामो प्रतीक्षापछि सैनिक बसेका ट्रकहरू आए। खाना पाइने आशमा जनता लोभिँदै झन् एकत्रित भएर ट्रकतर्फ जान थाले तर खानाको प्याकेज होइन, ती सैनिक गोली लिएर आएका रहेछन्। त्यो एउटा ठाउँमा एकैपटक पाँच हजारको सङ्ख्यामा हत्या गरियो र एउटा पनि मान्छे नबाचोस् भनी तिनीहरूलाई छट्पटाउन्जेल सैनिकहरूले रुँघी रहे। केहीबेर अघिसम्म जिउँदाजाग्दा त्यो देशका नागरिकको यो समूह सामूहिक रूपमै केही क्षणमै मुर्दा भए। 
 


क्रुरतामा अन्तर्राष्ट्रिय 
 
    कम्युनिज्मले कुनै एउटा राष्ट्र विशेष मान्दैन। कम्युनिज्मको आफ्नो राष्ट्र हुँदैन। यो सिद्धान्त अरू कुरामा भन्दा क्रुरतापूर्वक हत्यामा चाहिँ जहाँतहीँ एउटै प्रकारको रहेको पाइन्छ। 
    सोभियत संघमा पोलिटव्यूरो, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूलाई जसरी सफाया गरियो, त्यसको हुबहु कम्बोडियामा लागू भयो। उदाहरणका लागि भोकमरीले ग्रस्त जनतालाई खाना बाँड्ने भनी एक ठाउँमा बोलाएर सामूहिक नरसंहार गर्ने लाल सेनाको एउटा टुकडीलाई हत्याको त्यो पोल खुल्नसक्ने ठानेर यो हत्यापछि त्यो कार्य सफलतापूर्वक सम्पन्न गरेको खुसीयाली मनाउन र विशेष धन्यवाद दिन भनी अर्को टुकडीले एउटा स्वागत समारोहको आयोजना गर्‍यो र त्यही उनीहरूलाई सामूहिक सफाया गरियो। 
    गुरिल्ला युद्धबाट पोलपोटले सत्ता कब्जा गरेपछिको पहिलो प्रहारको शिकार स्कुल र तिनका बालबालिका भएका थिए। टुओल स्लेग र टुओल मेप्रे प्राथमिक र माध्यमिक विद्यालयलाई बन्द गराइयो र जेलमा परिणत भयो। केही दिनपछि त्यसमा पढ्ने विद्यार्थीहरू प्रतिक्रान्तिकारी हुन सक्तछन् भन्ने लागेर तिनलाई सफाया गर्न स्कुल खुलेको सूचना दिइयो। त्यो सूचनाअनुसार प्रायः सबै विद्यार्थी स्कुल आए। भवनमा लालसेना लुकेर बसेका थिए। लालसेना देखेभने विद्यार्थी  बाहिरबाट फर्किछन् भनेर यसो गरिएको थियो। जब सबै विद्यार्थी ढोकाभित्र पसे मूल गेट बन्द गरियो र सबैलाई त्यहीको खेल मैदानको कुनामा रहेको रुखको फेद छेउमा उम्याइयो र एक एक जना गर्दै उनीहरूलाई त्यही रुखमा टाउको थचार्दै मारियो। यो समाचारले तिनका अभिभावकमा विद्रोह उब्जिन सक्ने ठानेर तिनका अभिभावकलाई घर निकाला गर्दै त्यहाँ फर्किन नपाउने गरी दूरदराजको गाउँमा श्रम गर्न पठाइयो। 
    पार्टी कार्यकता, पोलिटव्यूरो र सङ्गठनका पदाधिकारीको ठूलो सङ्ख्यालाई छानीछानी सफाया गर्नेमा चीन पनि अग्रणी स्थानमा पर्छ। 
 


निर्दोष मार्न निर्देशन 
 
संसारभरी जनुसुकै व्यवस्था, धर्म वा शासन पद्धति हुन तिनमा एउटा के मान्यता रहन्छ भने निर्दाेष दण्डित हुनुहुन्न। कम्युनिस्ट सिद्धान्त चाहिँ त्यसको विपरीत हुँदो रहेछ। रुसमा स्तालिनको शासनकालमा व्यक्ति हत्या गर्नु आदेशमा भनियो  
 
“यो अभियानमा केही हजार निर्दोष मान्छे मारिए भने खासै पीडित हुनुपर्दैन (आदेश नं. ००४४७ )' 'सोभियत व्यवस्थ्ााविरोधी र अपराधी तत्वलाई सफाया गर्ने' निर्णयलाई कार्यान्वयन गर्न दिइएको निर्देशनमा उल्लेख भएको विवरण हो यो। (जुगल भूर्तेल, लेख) यहाँ केही व्यक्ति भनेर पुगेन। केही हजार नै भनी किटान गरियो। यो आदेशको पालनाकर्ताले आदेश कार्यान्वयन गर्ने क्रममा त्यो केही हजारलाई 'केही लाख' मा पुर्‍यायो भने पनि छुट पाउने अवस्था हो यो। निर्दोष मानिएपछि एकजना व्यक्ति पनि नमारिनुपर्ने हो। यहाँ त एकदुई मात्र होइन र एकदुई सयमात्र पनि होइन, एउटा थोक सङ्ख्या 'केही हजार' निर्दोष मारिए पनि यो अभियान पूरा गर्ने क्रममा दुःख नमान्नु भन्ने आदेश नै भयो। यो आदेशले निर्दोष वा दोषी जो होस् धेरैभन्दा धेरै सङ्ख्यामा मान्छे मार्नैपर्छ भन्ने मान्यता बोकिएको स्पष्ट पार्छ।


 
मारिनेमा कम्युनिस्ट र किसान धेरै 
 
सोभियत संघका त्यसबेला बहालवाला महासचिव निकिता खुस्रेवले सोभियत कम्युनिस्ट पार्टीको महाधिवेशन (बीसौं १९५६) लाई सम्बोधन गर्दा स्तालिनका कार्यकालमा कस्ताकस्ता व्यक्तिको हत्या भयो भनी नामै किटेर विवरण बताएका थिए। स्तालिनको शासन सोभियत कम्युनिस्ट पार्टी र तिनका नेता तथा कार्यकर्ता र साधारणका लागि कति क्रुरतायुक्त रहेछ भन्ने त्यो देश र संसारले थाहा पाए। खु्रश्चेवले बताएअनुसारको संक्षिप्त विवरण: 
 
– १९३७–३८ को समयमा १३९ केन्द्रीय सदस्यमध्ये ९८ जनालाई गोली हानियो। यति ठूलो केसमा त्यसपछि ४१ जना मात्र बाँकी रहे। 
 
– १९६६ जना महाधिवेशन प्रतिनिधिमध्ये ११०८ जना हत्या र कठोर दमनमा परे। यो सिङ्गो महाधिवेशनको सङ्ख्या त्यसपछि ८८८ जना मात्र को भयो। यसका अधिवेशन सदस्यहरू किसान थिए। 
 
– पोलिटव्यूरो, केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधि मात्र हो वा हुन्। तिनका पत्नी र छोराछोरीमध्ये कतिपयलाई हत्या नै र कतिपयलाई कठोर श्रम गर्दै मृत्युवरणका लागि साइवेरियाको कठोर श्रम शिविरमा पठाइयो। जसमध्ये कतिपय प्यारालाइसिसजस्ता शरीरका अंग नचल्ने गम्भीर रोगी थिए। 
 
    सोभियत संघका वरिष्ठ इतिहासकार रोय मेडभिडेभले सन् १९७९ मा सङ्कलन गरेका र न्यू योर्क टाइम्स, फरबरी ४ १९८९ मा प्रकाशित हत्या विवरण:  सोभियत संघमा जोसेफ स्टालिनको शासन (१९२९–१९५३) अन्तर्गत दसौं लाख मानिसहरूलाई राजनीतिक कारणले जेल चलान गरियो, प्रायः यसको कारण हुन्थ्यो स्टालिन सधैं आफ्नोविरुद्ध षड्यन्त्र भइरहेको छ भनेर अस्वस्थ रूपको धेरै शंका लिइरहन्थे। अनुमान गरिएअनुसार दुई करोड मानिसहरूले श्रम शिविरमा ज्यानगुमाए, राजनीतिक कारणले उनीहरूलाई गोली हानियो वा स्टालिनले जबर्जस्ती किसान–मोहीहरूलाई राज्यबाट सञ्चालिन सरकारी फार्ममा काम गर्न बाध्य पारेपछि उत्पन्न अनिकालको (१९३२–३३) शिकार भएर मरे। स्टालिनको शासनको शिकार बनेका अरू दुई करोड मानिसहरूले कुनै उपायद्वारा आफ्नो ज्यान बचाउन सकेका भए पनि उनीहरूले उग्र रूपको यातना कष्ट भोग्नुपर्‍यो। 
    कम्बोडियाबारे रबर्ट ए. डाहाल: कम्बोडियामा पोल पोटको अत्याचारी शासन (१९७५–१९७२) अन्तर्गत, खमेर रुजका अनुयायीहरूले कम्बोडियाली जनसङ्ख्याको एकचौथाई भागलाई नै संहार गरे: हामी यसलाई आफैंले आफ्नो जातिको आमसंहार गरेको एउटा उदाहरणका रूपमा हेर्न सक्छौं। पढे–लेखेका वर्गउपर पोलपोट यति धेरै शंकालु थियो कि उसले ती सबैको सफाया गराइ छाड्यो: चश्मा लगाउनु वा हातमा श्रम गरेको ठेला नदेखिनु साँच्चि नै त्यो व्यक्तिका लागि ज्यान सजाय पाउने पक्राउ आदेशसरह हुन्थ्यो।
SOURCE: DESHANTAR WEEKLY

Read Full Discussion Thread for this article