Posted by: jhaukiri December 20, 2011
महाभारतको फाटबाट - 1
Login in to Rate this Post:     5       ?         Liked by
महाभारतको फाटबाट 
 
 
राधा, 
तिमी जस्तै म पनि त्यो आकाशको कालो 
 जुन हेरेर टोलाई रहेको  छु |
तिम्रो धमिलो आकिर्ती मेरो  
आसुँमा यसरी परिबर्तिति भईरहेको छ कि मानौ
कल्पना र यथार्त,
द्रिस्य र द्रस्टा,
तिमी र म 
एउटै हो |
   
राधा ,
हामीले सुनेको भन्दा धेरै फरक छ यो युदको रंग्मन्च 
यहाँ वीरहरु छन् 
यहाँ कायरहरु छ्न
ब्रह्मण छन् 
क्ष्यत्रि छन् 
बैस्य छन् 
छुद्र छन्  
होचा छन
अग्ला छन् 
काला गोरा सबै छन 
सिर्फ मनिस छैनन 
त्यसैले एक अर्कालाई मार्न सक्छन |
 
यहाँ रगतको यमुना बगेको छ प्रिय,
बसुरिको धुनमा मृत्‍युको ताण्डब 
कहि कतै एउटा भाला, एउटा तरवार मलाई पर्खिराखेको छ 
जसरी तिमी मलाई पर्खि राखेकी छौ ...
हेरौ कुन पर्खयिं मेरो गन्तब्य हो |
 
राधा 
साचै भनौ भने यो सारथीको जागिर खाएर 
बिरताको पराकास्टा साबित गर्न 
अरुलाई दर्शन दिदादिदै 
उपदेश बड्दा बाड्दै 
एकछिन अडिन मन लाग्छ 
तिमीलाई सम्झिन मन लाग्छ 
तिमीलाई छुन मन लाग्छ 
तिम्रो हुन मन लाग्छ |
 
प्रिय राधा ,
यो शान्तिको लागि लड्नु पर्ने कस्तो बाधेता हो मैले बुझिन 
सबै मलाई सोदछन  
म तिमीलाई सोध्छु 
त्यो ब्रिन्दावानमा कती पात झरे 
यो कुरुक्ष्त्रमा कती मान्छे मरे 
हिजो जे भको थियो कती राम्रो थियो 
आज के भैरको छ थाहा छैन 
तर भोली पक्कै राम्रो हुनेछैन 
यो सबै मृत्‍युको गाल बोकेर फेरी पनि  तिम्रो प्रेमीले 
कबिता लेखछ....
तिम्रो प्रेमीले   प्रेम गर्छ
भन्ने सोचेकी छौ भाने बिर्सिदेउ
शायद म, "म" रहन्न भोली    
तिम्रो कृष्ण भोली  (अ)-मानब हुनेछ 
तिम्रो कृष्ण शायद भगवान हुनेछ  
 
र भगवानहरु कबिता लेख्दैनन|||||||
   
        
 
 
Read Full Discussion Thread for this article