Posted by: IT_Guy December 19, 2011
संघीयता ???
Login in to Rate this Post:     0       ?        
 हाम्रो जस्तो सानो देशले संघीयता परिकल्पना गर्दा भारत, अमेरिका जस्ता ठुल देश सँग तुलना गर्न जरुरी छैन| स्विजर्ल्यान्ड जस्तो सानो देशबाट हामी धेरै कुरा सिक्न सक्छौ| २१औ सतब्दिमा आएर जातियताको आधारमा राज्य बनाउने कुरा कदापि राष्ट्रहीतमा छैन| साथै १०-१५ वटा ठुलो-ठुलो आकरको राज्यहरु बनाउदा राज्यहरु बढी शक्तिशली हुने र बिदेशको चलखेल बढ्ने सम्भावना छ जस्ले गर्दा गृहयुद्ध र बिखन्डनको स्थिती आउने निश्चित छ|

 

हाल रहेका ७५ जिल्लाका सिमानालाई नै राज्यको सिमाना मानेर ७५ वटा राज्य बनाउन उचित छ | १ मुख्यमन्त्रि, १ उप-मुक्यमन्त्रि  र ७ मन्त्रि सहितको ९ सदस्सीय राज्य मन्त्रीमंडल रहन उचित हुन्छ | मन्त्रीहरूको संख्या निस्चित् हुनुपर्छ  र मन्त्रिमन्डलको प्यानल नै प्रत्यक्ष निर्वचिन हुनुपर्छ |हरेक मन्त्रिको निश्चित बिभाग जस्तो गृह, अर्थ, शिक्षा आदि निर्वाचनको अघिनै घोसणा गर्नु पर्ने छ| यदि पछी परिवर्तन गन्रु परेमा वा नया मन्त्रि नियुक्ति  गर्नु परेमा संसदबाट पास गर्नु पर्ने छ | यहि व्यवस्था केन्द्रीय मन्त्रीमंडल मा पनि गर्नु पर्छ | जसले गर्दा अयोग्य व्यक्ति मन्त्रि हुन सक्दैन र फोहोरी राजनीतिमा कमि आउछ |      

 

मुख्य मन्त्रीको सेवा सुबिधा हलको सह-सचिब र राज्यका मन्त्रीहरूको सुबिधा हालको उप-सचिब सरह अथवा तेस्तै केहि ब्यबस्था गर्न सकिन्छ जसले गर्दा राज्यलाई धेरै आर्थिक भार पर्दैन| राज्यक सभ्सादलाई महिनाबारी तलबको नतोकी बैठक भत्ताको मात्र व्यवस्था गर्नु पर्छ | राज्य संसद बढीमा ५१ सदसिय सम्म हुन सक्छ | 

 

अहिलेको जिल्ला प्रशासन राज्य प्रशासन बन्न सक्छ, अहिलेको जिल्ला अदालत राज्य अदालत बन्न सक्छ| अहिलेको सिडिओ र जिल्ला बिकास समितिको सभापतिले गर्ने काम मुख्य मन्त्रीले गर्न सक्छ |

 

राज्यहरुलाई आत्मनिर्णय को अधिकार भने हुनु हुदैन | जस्तो अलग राज्य बनाउने अर्को राज्य संग मर्ज हुने, राज्य टुक्राउने, कुनै जाति, धर्म वा वर्ग बिशेषको राज्य बनाउने जस्ता अधिकार राज्यमा हुनु हुदैन | साथै राज्य सरकार वा राज्य संसद को निर्णय लाई उल्टाउने अधिकार संघिय संसदमा हुनु पर्छ | जसले गर्दा राज्य निरंकुस र स्वार्थी हुन पाउदैन |   

 

फाइदाहरु 

 ७५ राज्यको प्रस्ताब सबै भन्दा उत्तम, सरल, प्रगतीशिल र ब्यबहारिक छ जसबाट बिकेन्द्रिकरणको सही प्रयोग हुने र नयाँ नेपाल कल्पना साकार हुन सम्भब छ |

 
Read Full Discussion Thread for this article