Posted by: tenthfractal December 18, 2011
कस्ता कुलङारहरु - ज्ञाङ फाइट मा पनि नेपाल बन्द
Login in to Rate this Post:     0       ?        

नेपालका तथाकथित सम्भ्रान्तहरुको शासकीय अयोग्यता तथा चरम निर्लज्जता बाँकी  दुनियाँका निम्ति अब कुनै पहेली रहेन. अमेरिकी राजदूतले प्रजातन्त्रका आधारभूत पाठहरुको स्मरण गराएर  नेपालको प्रजातान्त्रिक भनिने राजनीतिक दलको वास्तविक अनुहार उदांगो पारिदिनु भएकोमा उहाँलाई मुरी मुरी धन्यबाद. कुशासन तथा मूल्यहीनताका महानायक गिरिजा प्रसाद कोइरालाको वरद संरक्छत्वमा  छयालीस पछिको  प्रजातन्त्रको सफलतापूर्वक  दाहसंस्कार भएको याद ताजा नै छ . अहिलेको तथाकथित  लोकतन्त्रको नैतिक धरातलको बारेमा त कुनै नि भ्रम सायद नै कसैलाई छ होला .तर गूंडाराजमा आफ्नो अपार तथा दृढ  विश्वास र यो बुख्याँचा लोकतन्त्रलाई पनि एक लफ्फाजी तथा नौटंकीमा अनुवाद गर्न सक्ने आफ्नो क्ष्यमताको प्रदर्शनमा नचुकेकोमा नेपाली कांग्रेसलाई मुरी मुरी बधाई छ.

Last edited: 18-Dec-11 01:42 PM
Read Full Discussion Thread for this article