Posted by: KaliKoPoi December 18, 2011
म फर्कन सक्दिन
Login in to Rate this Post:     9       ?         Liked by
म फर्कन सक्दिन 
***************************

गन्तब्यहिन यात्रा 
प्रत्युत्पादक पाइला
हरेक पल खियिदै छु म 
तर पनि म फर्कन सक्दिन 
 
अनिस्चित भबिस्य
ग्लानीको खात 
आशाहरूको भ्रुण हत्या गर्छु म 
तर पनि म फर्कन सक्दिन
 
दायित्वको चाप
खुशीको ब्यापार
आश्वासनको लड्डु बाड्छु म
तर पनि म फर्कन सक्दिन
 
मनको द्वन्द
परिस्थितिक चक्रबात
मरि मरि बाच्छु म 
तर पनि म फर्कन सक्दिन
Read Full Discussion Thread for this article