Posted by: Geology Tiger December 6, 2011
के हो ईश्वर?
Login in to Rate this Post:     3       ?         Liked by
मलाई यो कविताको बिषयवस्तु र भाव राम्रो लागेर मात्र साझाका साथीहरुमाझ बाडेको हुँ । यसको भावप्रति मेरो सहमति वा असहमति केही पनि छैन ।  

के हो ईश्वर?
डा. विजयराज शर्मा

कोलोराडो, अमेरिका

के हो ईश्वर?
जसलाई बुझ्नै सकिन्न
जसलाई जान्नै सकिन्न
जो छ तिम्रो समझबाहिर
त्यही हो ईश्वर ।
नसुल्झने पहेली हो ईश्वर ।

के हो ईश्वर?
सुखको वर्षा भए
जसलाई तुरुन्त जस दिन्छौ तिमी
दुखको बज्र खसे
जसलाई रुँदै सराप्न सक्दैनौ तिमी
त्यही हो ईश्वर ।
मतलबी हुन्छ ईश्वर ।

के हो ईश्वर?
हुन्न उ तिम्रो साथ
तर संगै रहेको भ्रम दिन्छ जो
मेरै साथ छ भन्ठान्थ्यो
तर विपतका बेला संगै हुन्न जो
त्यही हो ईश्वर ।
भरपर्दो हुन्न ईश्वर ।

के हो ईश्वर?
नबन्छ उ लौरो, सहारा दिने
नबन्छ हतियार, प्रतिरोध गर्ने
छाड्छ मानिसलाई जो निरीह
सबै दुखसंग आफै लडनुपर्ने
त्यही हो ईश्वर ।
बाँदरको पुच्छर हो ईश्वर ।

के हो ईश्वर?
हो उ फगत मन भुलाउने तर्क
रुमलिरहन्छ जो सबैको मनभित्र
तर मानिस खोजी हिँड्छ बाहिर बाहिर
त्यही हो ईश्वर ।
अज्ञानताको अर्को नाम हो ईश्वर ।


Read Full Discussion Thread for this article