Posted by: Deep December 6, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     5       ?         Liked by
मलाई पनि ५० बर्ष अघि हर्ष पुन: अर्थात फेरी खुसी भन्ने नाटक हेरेको संझना आयो।

नाटकको मन्चन हाँडीगाउले सरसोती मन्दीर अघिको डबलीमा भएको थ्यो। हेमन्त ऋतुको बेला। अपरान्हको समय। बादल लागेको आकास। बतासमा चिसो पन अनि कम्पन पनि।

नाटकको स्वघोषित मुख्य पात्र बाङ्गे कैले भाते देउता थान तिर अलि झस्केर नभए सत्तेनारनथान तिर बाट आउने सिंढीमा मस्केर हेर्दो थ्यो। नागबेली बुट्टाको नीलो स्वेटर, खरानी रंगको प्यान्टस लगाएको, स्वेटर भित्रको सर्टमा डनहीलका तीन चार खिली जतनले राखेको, भगबतीथान पछी हीटरजल सेबन गरेर आएको उ डबलीमा एक्लै उभिएको थ्यो। उस्का मित्रहरुका बथान भगबतीथान बाट आउने बाटोको दखिन तिर उस्कै आदेशमा पंक्तिबद्द थिए। तल ढुङ्गेधाराबाट कुनै पनि बेला सिँढी उक्लीदै आईपुग्न सक्ने उस्की मनमीतका हेराई डबलीमा पोखिँदा केबल उसैले मात्रै उठाउन पाओस भन्ने उस्को मनसाय मित्रहरुलाई एक एक खिल्ली चुरोट दिदै अघि नै स्पस्ट पारीसकेको थ्यो।

सिंढी बाट मनमीत उक्लेकी मात्रै के थिई, बाङ्गे उम्लीने बेलाको पानी जस्तो बिचलित भयो। पंक्तीबद्ध मित्रहरु पनि जुर्मुराए। मनमीतले डबली तिर हेरी, बाङ्गे एक कदम अघि बढेको मात्रै के थियो, मनमीतले स्वरलाई पार्न सम्मको रुखो पारेर भनी "मोरा!" बाङ्गे टक्क रोकियो, मित्रहरु मूर्तीबत भए। भाते देउता थान तिर बाट तीन चार जना आए। बाङ्गेलाई घेरे। जेठान पर्नेले त त्यै नागबेली स्वेटर च्यापेर डोरी झै बाङ्गेलाई बटार्यो पनि। घारघुर भो। मित्रहरुले पनि धुवाँको सोझो गरे। बाङ्गेले हात हाल्ने, बोली फ्याल्ने केही गरेन। तमासा तितर बितर भयो। पहिलो दृष्य सकियो।

भगबतीथान तिर फेरी बाङ्गे र उस्का मित्रहरु लागे। बाङ्गेलाई "तैले एक इसारा देको भए जम्मैलाई एकै सटाँ भ्वाक भ्वाक" भन्नेमा सबै अग्र पंक्तीमा। भगबतीथान पछाडी चुरोट बितरण र मत बिबरण भयो। बाङ्गे अझै चुप र शान्त। सन्केछ कि भन्ने त्रासमा मित्रहरु परे।

बाङ्गे फेरी डबली तिर लाग्यो। अघि ईसारा गर्या भे एकै सटाँ भ्वाक भ्वाक भन्नेहरु रात पर्यो यार घर जाम अब भन्न थाले। डबली पुग्नु अघि नै अघि की मनमीत भेटीई फेरी बाटोमा। बाङ्गेले भन्यो "भकुरे पनि दुस्मनलाई पो भकुर्नु पर्छ -- जेठानले त्यसरी ज्वाईँलाई डबली हुँदी भकुर्दै हिन्ने हो त? सम्झाई देउ है दाईलाई--"

मनमीतले केई भन्नु अघि नै बाङ्गे फनक्क फर्कियो। उस्को हिनाई तेजथ्यो। मित्रहरु उ भन्दा तेज गतीमा थिए।

दोश्रो दृश्य त्यही भो -- तेस्रो दृश्यमा हर्ष पुन: अर्थात फेरी खुसी आउँछ। त्यो अरु कुनै दिन। अहिले लाई यति भनी राखम त्यो फेरी आउने खुसी मनमीतको हो।

ए अनि कुरा पुरानै भए नी ५० बर्ष पुरानै चैं होईन। दिन दिन परे पछी भनेर फसमै लट्टे देको क्या।
******
राहुलभाई प्रभो, जाओस जाओस। प्रस्तुती महाबौधमा टोकन लिएर बस्दा बिर्को खोले पछी फैलीने त्यो बास्नाले भोक अरु बिच्काए झै छ--
Read Full Discussion Thread for this article