Posted by: Rahuldai December 5, 2011
राहुलभाइलाई एउटा प्रश्न
Login in to Rate this Post:     0       ?        


 

मैले नि कता कता सुने को थिए त्यो । महाकबी देबकोटा को मुनामदन चित्तधर को सुगत सौरभ बाट प्रभाबित भन्ने पनि सुनेको हु। तर अधिकारइक जानकारी छैन मसँग । कथाको सार चाँही नेवारी लोक कथा सँग मिल्दो जुल्दो छ नै । नेवारी चलचित्र "राजमती " पनि ल्हासा ब्यापार सँग जोडीएको प्रेम काहानी नै हो । यसमाने मा मुनामदन पनि ल्हासा वा भोत यात्रामा बुनिएको अमर प्रेम गाथा नै हो । तत्कालिन पारीबेशमा ल्हासा सँग को ब्यापार या त ल्हासा निकट स्थानइय ब्यापारी शेर्पाहरु ले गर्थे या त काठमाडौ  रैथाने नेवार समुदायहरुले । नेवारमा पनि उदाय समुदाय् ( तुलाधर, कंसाकार , ताम्राकार ) ले र श्रेष्ठ समुदायले मात्र गर्ने गर्थे ।

 
यसरी हेर्ने हो भने प्रभाबित भाको मान्न्नै पर्छ ।

जहाँ सम्म मुनामदन भित्र को काब्य सिर्जना छ त्यो देबकोटाको नितान्त मौलिक र अद्वितिय रचना हुन । कथा को सार मिल्नु सँग रचना को सार कतैबाट अबमुल्यन गर्न सकिन्न, र गरिनु पनि हुन्न  । जो कसैले गर्छ भने त्यस भित्र पूर्बाग्रह् ब्याप्त छ र त्यो पूर्बाग्रह् त्याग गर्न आग्रह गर्दछु ।

 सन्दर्भ सामाग्री :

http://himalaya.socanth.cam.ac.uk/collections/journals/contributions/pdf/CNAS_21_02_reviews.pdf

http://books.google.com/books?id=X9KbhnDC6FAC&pg=PA42&lpg=PA42&dq=Muna+Madan+is+inspired+by+newari+story&source=bl&ots=QxaNfk8-U4&sig=2_oNFE3gWTSqnMTejRxEOpiTYw4&hl=en&ei=mBPdToXSKaLx0gHl5ujVDQ&sa=X&oi=book_result&ct=result&resnum=2&ved=0CCcQ6AEwAQ#v=onepage&q=newari%20&f=false

 

जिते जी,
Read Full Discussion Thread for this article