Posted by: _____ December 2, 2011
मिल्दा रहेछन नेवार र बाहुन भ्रस्ताचार गर्न
Login in to Rate this Post:     0       ?        

एउटै जग्गा एकै जनाद्वारा दुईपल्ट बिक्री

  • मिलेमतो गर्ने चाबहिल मातपोतका ३ कर्मचारी पक्राउ

काठमाडौ, मंसिर १५ - मालपोत कर्मचारीसँग मिलेमतो गरी झापा, सुरुंगाको एउटै जग्गा एकै व्यक्तिले दुईपल्ट बिक्री गरेका छन् । ललितपुरका विकास महर्जनले सुरुंगास्थित आफ्नो नामको २ बिघा जग्गा झापा र काठमाडौंबाट दुईपल्ट बिक्री गरेका हुन् ।

प्रहरीले झापा मालपोतबाट बेचिसकिएको उक्त जग्गाबारे जानकारी नलिई मिलेमतोमा फेरि बिक्री गर्ने चाबहिल मालपोतका तीन कर्मचारीलाई बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चाबहिल मालपोतका अधिकृत नवराज ढकाल, नायब सुब्बा द्रोण पौडेल र खरिदार खगेन्द्र पोखरेललाई पक्राउ गरेको हो ।

यसअघि नै समातिएका महर्जनको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता डीएसपी धीरजप्रताप सिंहले बताए । महर्जनले झापा सुरुंगा-७ स्थित कित्ता नम्बर १२०७ को २ बिघा जग्गा २०६४ माघ १३ गते आफ्नी सानीआमा झापाकी चित्रकुमारी श्रेष्ठलाई बिक्री गरिसकेका थिए । तर त्यही जग्गा उनले कर्मचारीसँग मिलेमतो गरी २०६८ साउन ८ गते झापा गरामनी-९ की दीपा मुखिया र डोटी, मुडेका डम्बरकुमारी शाहीलाई संयुक्त रूपमा २६ लाख ५० हजार रुपैयाँमा फेरि बेचे ।

मुखिया र शाही साउनमा काठमाडौंबाट किनेको जग्गाको दाखिला खारेज गर्न झापा पुगेका थिए । त्यहाँको मालपोतले जग्गा अर्कैको नाममा बिक्री भइसकेको बतााएपछि उनीहरू काठमाडौं फर्किएर प्रहरीमा उजुरी दिएका थिए । डीएसपी सिंहका अनुसार मालपोत कर्मचारीले बेजिल्लामा जग्गा पास गर्दा सम्बन्धित जग्गाधनीबारे जानकारी नमागी संयुक्त रूपमा राजीनामा पास गरिदिएका थिए । जग्गाको तिरो तिरेको रसिदसमेत नहेरी लालचमा परेर जग्गा पास गरिदिएको प्रहरीले जनायो । 'जग्गाधनी महर्जनलाई कार्यालयमा नबोलाई, रेस्टुरेन्टमा बसेर संयुक्त रूपमा पास गरिदिएका रहेछन्,' डीएसपी सिंहले भने । प्रहरीका अनुसार मिलेमतोमा संलग्न एक दलाल भने फरार छन् । उनको नाम सार्वजनिक गरिएको छैन । ती दलालले जग्गा बेचिएबापत ५० हजार रुपैयाँ मालपोत कर्मचारीलाई दिनुपर्ने भन्दै महर्जनसँग लिएको प्रहरीले बतायो । काठमाडौं प्रहरीले मालपोतका कर्मचारीमाथि ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई अनुसन्धान थालेको छ ।

करिब एक महिनाअघि पनि एक व्यक्तिको जग्गा अर्कैको नाममा गरिदिने डिल्लीबजार मालपोतका तीन कर्मचारी पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले बिनाकारण पक्रिएको भन्दै उपत्यकाका सबै मालपोत कर्मचारीले विरोध प्रदर्शनसमेत गरेका थिए ।


Last edited: 02-Dec-11 05:33 PM
Read Full Discussion Thread for this article