Posted by: राछस December 1, 2011
भ्रष्ट देशको सूचीमा नेपाल अझै उक्लियो
Login in to Rate this Post:     0       ?        
 काठमाडौँ, मङ्सिर १५ (नागरिक)- भ्रष्ट देशहरुको सूचीमा नेपाल यो वर्ष अझै माथि उक्लिएको छ। ट्रान्सपरेन्सी इन्टरन्यासनलले आज प्रकाशित गरेको भ्रष्टाचार सूचकमा नेपाल यो वर्ष १ सय ५४ औँ नम्बरमा छ। यसअघि नेपाल १ सय ४६ औँ नम्बरमा थियो। 

१० पूर्णाङ्कमा २.२ अङ्कमात्र पाएर नेपाल१ सय ८५ देशको सूचीमा १ सय ५४ नम्बरमा परेको हो।

सूचीमा भ्रष्ट देशमा नेपालभन्दा माथि अफगानिस्तान, उत्तर कोरिया, इराक, सुडान जस्ता देश रहेका छन्। सबैभन्दा भ्रष्ट ३ देशमा सोमालिया, उत्तर कोरिया र म्यानमार रहेको छ।

९.५ अङ्कका साथ न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्ट देश बन्न सफल भएको छ। उसैलाई पछ्याउँदै डेनमार्क र फिनल्यान्ड समान ९.४ अङ्कका साथ दोस्रो नम्बरमा रहेको छ भने स्विडेन र सिङ्गापुर क्रमशः चौथो र पाँचौँ नम्बरमा छन्।

दक्षिण एसियाली देशहरु मध्ये छिमेकी भारत ९५ नम्बरमा, श्रीलंका ८६ नम्बरमा, बंगलादेश १ सय २० नम्बरमा छ। त्यसैगरी माल्दिभ्स १ सय ३४ र पाकिस्तान पनि १३४ नम्बरमा रहेका छन्। भुटान भने सबैभन्दा माथि ३८ नम्बरमा छ।

एसिया प्रशान्त देशहरुको सूचीमा नेपाल २९औँ नम्बरमा छ।

 

http://www.nagariknews.com/society/nation/33758-2011-12-01-08-07-45.html

 

 

Read Full Discussion Thread for this article