Posted by: Rahuldai November 28, 2011
गजल
Login in to Rate this Post:     1       ?         Liked by

जिते जीले रोल बोलाए पछी हाजिर हुनै पर्‍यो । त्यसो त म यो गजल माथि टिप्पणी फुर्सद मा गरुला भनेर बसी राख्या ।

गजलका नियम बिनियमबारे थोर बहुत जानकारी भए पनि म स्वयं नियममा बाँधिन न चाहनेमा परें। नियममा बाँधिदा कहिले काहीँ भाव कुंजो हुन जाने हुन्छ । मुख्य कुरा भाव हो र त्यो भावको बहावमा एउटा "थिम" बोकेको हुनु पर्दछ । एउटा कथा उनेको हुनु पर्दछ, एउटा ब्यथा बुनेको हुनु पर्दछ । अनुप्रास को मिठास मात्र् गजल हैन ।

 ह्योल्मोपा जी , प्रयास राम्रो तर मेरो द्रिष्ट्रिकोणमा यसले आधा कथा पनि भनेन । लेख्दा एउटा "थिम " को पारीकल्पना गर्नुस् । अनी त्यही थिम लाई केन्द्र बिन्दू बनाएर भावहरुलाई बोलाउनुस्, शब्दहरु लाई खेलाउनुस् । सुन्दर गजलको सिर्जना गर्नुस् ।
 

Read Full Discussion Thread for this article