Posted by: HyolmoPa November 24, 2011
gajal
Login in to Rate this Post:     1       ?         Liked by
तिम्रो यादमा कहिले हांंंँंंस्छु त कहिले रून्छु म
तिमीबाट एकछिन छुटिनुपर्दा पागल हुन्छु म

िवगतका मीठा पलहरूको सम्झना आउँदा
भावुक भई ितम्रा तस्वीरहरू रोएर छुन्छु म

समय र परिस्थितिका पर्खालबिच कैद हुंँदा
तिम्रा सुमधुर आवाजको प्रतिध्वनी सुन्छु म

सपनामा ितमी मलाई पुकार्दै गुहारिरहन्छौ
अनि लाचार भई रूँदै, कराउँदै कान थुन्छु म

शुभ नया िबहानीको सुनौलो घामसँगै उठ्दै
हाम्रो पुनर्मिलनको आशामा सपना बुन्छु म

तिम्रो यादमा कहिले हांंंँंंस्छु त कहिले रून्छु म
तिमीबाट एकछिन छुटिनुपर्दा पागल हुन्छु म

Read Full Discussion Thread for this article