Posted by: pagalpremi November 13, 2011
म किन बाबुराम बिरोधी भए
Login in to Rate this Post:     1       ?         Liked by
बाबुराम कमरेड ज्यु ,
सम्माननीय प्रधान मन्त्री भन्न पर्ने ठाउँ मा मैले तपाईं को नाम उच्चारण गरेको नजानेर हैन , तपाईं लाई अब सम्मान गर्नै मन लाग्न छोड्यो तेइ भएर । जुन आदर सस्कार ले म तपाईं को नाम लिन्थे अब त्यो भाब केइ बाँकी रहेन भन्न मलाई कुनै डर छैन ।
मैले राजनीति जाने देखी नेकपा माओवादी को समर्थन गर्दै आइ रहेको थिए , दन्द काल मा कहाँ के घटना घट्यो  पार्टी मा के भई राको छ  भनेर पत्ता  लाउन लुकी लुकी तपाईं को पार्टी को मुख पत्र जनादेस , महिमा पढ्ने गर्थे ।तपाइ को पार्टी को समर्थन मा साथी भाई सँग झगडा गर्थे ।  मेरो माओवादी प्रती को झुकाब मा तपाईं को नै ठुलो हात थियो भन्दा केइ फरक नपर्ला । तेत्रो पढेर ज्ञान हासिल गरेको मान्छे पक्कै कुनै ठुलै प्रप्ती को लागि युद्ध मा लगेको होला भन्ने लागेको थियो र मोउन सम्मर्थन गर्थे । तपाईं को समर्थन गरेकै कारण कती पटक माओवादी को आरोप खाएको छु , भलाई समर्थन गर्नु र माओवादी हुनु मा धेरै फरक छ । 
तपाईं को पार्टी शान्ती  मा आयो , प्रचन्ड प्रधानमन्त्री भये केइ होला कि भनेको केइ भएन । तपाईं आउनु भो अब चै केइ हुन्छ कि भनेर खुब फुर्ती लाइयो , सब लाई हेर अब केइ हुन्छ देस मा भनी खुब गफ दिएयो तर आखिर मा तपाईं पनि अरु जस्ताइ तेइ द्याङ को मुला निस्कनु भो ।
बाल कृष्ण दुङेल जस्तो हत्यरा लाई आम माफि को लागि तपाईं ले राष्ट्रप्रती समक्ष्य निबेदन गरेर म लगयता तपाईं बाट न्याय को आस गर्ने सब जनता लाई लोप्पा खाउनु भयो भने अैले त झन नेपाल को ईतिहास कै सब भन्दा ठुलो मन्त्री मन्दल बनाएर हामी सब लाई धोका नै दिनु भो । अझ मन्त्री पनि हत्या का आरोपी हरु । कमरेड बालकृष्ण ढुंगेल जनयुद्ध मा मान्छे मार्ने योद्धा हैन , हत्यरा हो, सबुत ले प्रमाण ले अदालत ले तेइ भन्छ  । जन युद्ध का असली योद्धा लाई त तपाईं ले सत्ता को लागि बली चादाइ सक्नु भो। धिक्कर छ तपाईं लाई । कुनै बेला तपाईं को जन्म दिने आमा को कोख लाई म पूजा गर्थे , आज म ति आमा लाई सराप्छु , कस्तो छोरा पाएछौ नि आमा तिम्ले । 
तपाईं को न्यु योर्क भ्रमण मा chain federation मा भएको कार्एक्रम मा जोड दार ले ताली बझाउदै मैले समर्थन गरेको कारणले यहाँ न्यु योर्क का साथी समेत  मलाई माओवादी भन्न थालेका छन । तर मलाई लाग्छ त्यो दिन मैले ताली बजाउने हैन अगाडि गएर तपाईं को गाला मा थप्पद बझौने पर्ने रहेछ ।
तपाईं ले मुस्ताङ चाडनु भो, सारा दुनियाँ मा नाम कमाउनु भो , सस्तो टिकेट मा अमेरिका आउनु भो , दशै तिहार मा माइती नेपाल जानु भो , सब राम्रो गरे जस्तो लगेको थियो तर अब थाहा भयो त्यो एउत सस्तो लोकप्रियता पाउने तपाईं को चाल रहेछ । तपाईं ले बिपा सम्झौता गर्द लागेको थियो ठिकै गर्नु भो देस मा पैसा भित्राउनु भो तर अब लाग्छ तपाईं देस मा बिदेसी हुल्नु भएको राइछ, तपाईं लाई र को मान्छे भन्ने हरु सहि रहेछन ।
बाबुराम , तपाईं ले दुङ्गेल जस्तो सर्बोच अदालत ले दोशी ठहर्याएको मान्छे लाई माफि दिन लगाएर आफु माथि विश्वाश गर्ने कडोरो नेपाली जनता को विश्वाश लाई धोका दिनु भयो । पीडित को आमा को आसुँ ले तपाईं लाई पोल्ने छ बाबुराम ज्यु । अनी हत्या को आरोपी हरु मन्त्री रे , अब तपाईं बाट जनता ले के आस गर्ने !
तपाईं नबुज्ने नपढेको मान्छे हैन , तपाईं ले अब बुजी सक्नु भो होला कि तपाईं प्रती जनता को आस पनि मर्यो अब । तपाईं माथि जनता ले जुन आस गरेर बसेका थिए अब त्यो रहेन। बाबुराम आउँला अनी देस मा केइ होल भनेर आस गर्ने म जस्ता लाखौं काडोरोउ जनता को साथ् घुमाउनु भो कमरेद तपाईं ले ।  
तपाईं लाई तपाईं को कुर्ची मुबारक ।
तपाईं को कुनै बेला को एउता प्रसन्सक र अैलेको घोर बिरोधी

काठमाडौं
हाल न्यु योर्क
Read Full Discussion Thread for this article