Posted by: stopthewar November 12, 2011
I like it.... ( it is true )
Login in to Rate this Post:     0       ?        
माओवादीहरू माओवादी सत्ताको उद्योग खोल्न बिरोधी विचार राख्नेलाई मार्न हिँडेका थिए र राज्यको सुरक्षा सेनाले तिनलाई मार्नु आवश्यक ठान्यो । खड्का नमारिएका भए , तिनै सेनाहरू खड्काको जत्थाले मार्थ्यो होला । लडाइँका दुई पक्ष बीच मारामार हुन्छ , सक्नेले नसक्नेलाई मार्छ । माओवादीले युद्ध लड्न थाल्यो र उनीहरू मारिए भने यसमा कुनै सर्वसाधारणको कुनै दोष हुँदैन ।
तर, आफ्ना मान्छे राज्यको सेना वा पुलिसले मार्‍यो भनेर कुनै निहत्था देशवासीलाई घरबाट उठाएर अन्तै रातमा बोलाएर , खेतमा ढुकेर गोली हान्नु कायर अपराध हो । के बालकृष्ण ढुंगेलले उज्जन कुमार श्रेष्ठ जस्तो निहत्थालाई गोली ताकेर ढाल्नु ‘जनयुद्ध’ हो ? यो कदापी युद्ध थिएन , अपराध थियो । ढुंगेल हत्यारा हो , अपराधी हो र उसले जघन्य हत्या गरेको छ । यहाँ पुलिस र सेनासंग भएको आपसी द्वन्द मुठभेडको कुरा गरिएको छैन र यसको तुलना कुनै माओवादीले छापामार आक्रमण गर्दा भएको घटनासंग गरेर विषयलाई भावुक रूपमा अन्त मोड्नु कायर पाखण्डीपन हो । जहाँसम्म आफन्त गुमाएका माओवादी नेता र नेतृको कुरा छ , जिन्दगीमा एउटा हैसियत नभएका तिमी जस्ता मान्छेहरू त्यही मरेका आफ्न्तको रगतको मूल्यमा मुलुकको सभासद र मन्त्री बनेर देशको ब्रम्हलुट गर्न पाएका छौ नि त ! नत्र यो सपनामा पनि सम्बव थियो ?

Read Full Discussion Thread for this article