Posted by: Geology Tiger November 9, 2011
Do you still believe in God and/or religion?
Login in to Rate this Post:     0       ?        
 मैले यहाँ अरु सबै साथीहरुले दिनुभएको तर्कलाई पढ्न भ्याएको छैन । खाली pinpoint को केही कुराहरुलाई सम्बोधन गर्न खोज्दै छु । मैले सुरुमा नै लेखिसके धर्मको बिकास अहिले जस्तो नियम कानूनहरु नरहेको अवस्थामा मानिसलाई सामाजिक रुपमा अनुशासित बनाउन नै भएको हो । अझ सुरुमा त मान्छेले त्यस्ता शक्तिहरुलाई पूज्थ्यो जसको मानिसको जीवन यापनमा महत्वपूर्ण भूमिका हुन्थ्यो, जस्तो कि पानी, हावा, वायु, सूर्य । यदी हिन्दू धर्मलाई नै हेर्ने हो भने पनि सुरुमा मान्छेले पानीलाई पूज्थे, आकाशलाई पूज्थे, आगोलाई पूज्थे, सूर्यलाई पूज्थे, धर्तीलाई पूज्थे । पहिलो त यिनिहरुले मान्छेलाई आफ्नो जीवन बाँच्ने आधार प्रदान गर्थे भने अर्को यिनिहरुबाट बेला बखत उत्पन्न हुने प्रकोपबाट बाँच्न सकियोस् भन्ने उद्देस्यले पनि यिनिहरुको पूजा गरिन्थ्यो । वेदहरुले बिशेष गरेर यिनै तत्वहरुको पूजामा जोड दिएका छन् । यिशु, कृष्ण, पैगम्बर मोहम्मद, बुद्द जस्ता मानवीय ईश्वर धेरै पछी मात्र बनेका हुन् । ग्रन्थहरुमा वर्णन गरिए जस्तै यिनिहरुमा चामत्कारिक शक्ति पनि थियो कि थिएन भन्ने प्रश्न आफ्नो ठाउँमा छ तर यिनिहरु आफ्नो ज्ञानका कारण, मानव समुदायलाई आफ्नो सेवाद्वारा वशमा पार्न सकेको कारण अथवा आफ्नो चामत्कारीक कार्यहरुको कारण ईश्वरीय स्वरुपमा परिणत गरिएका हुन् । मानव सभ्यताको बिकाससँगै धार्मिक विधीहरुमा पनि क्रमश: परिवर्तन हुँदै आयो र यो मानव जीवनको अभिन्न अगंको रुपमा परिणत भयो । अहिलेको अवस्था यस्तो छ कि मान्छे सजिलै यि धार्मिक आस्थाबाट आफूलाई तुरुन्त अलग्ग गर्न सक्दैन । बरु परि आए धर्मको नाममा एकले अर्कोलाई मार्न पनि तयार हुन्छ । मलाई यी मानवीय स्वरुपहरुलाई भगवान मान्नै पर्छ भन्ने लाग्दैन । तर जव संसार रचनाको कुरा आउँछ तव कतिपय कुरालाई भौतिक शास्त्रले पनि वाख्या गर्न सक्दैन । मलाई everything is created from nothing भन्ने कुरामा पटक्क पनि विश्वास छैन । यो वास्तवमा दिमाग रिङ्गाउने प्रश्न छ । कहाँबाट आयो सब ? जति सोच्यो त्यति टाउको दुख्छ । Theory of infinity को सोध गर्दा गर्दा चार जना वैज्ञानिक पागल नै भए । स्टेफिन हकिङ्सको The Grand Design मा दिइएका तर्कहरु पनि खासै चित्त बुज्दो छैन । मैले यसो भनेर यो सबै भगवानले नै बनाए भन्ने खोजेको पनि होइन । तर केही न केही छ, केही शक्ति छ ... अब कहाँ छ हामीलाई देखा भन्यो भने चाँही देखाउन सक्दिन । एउटा कुरा के पनि हो भने हरेक कुरा देखाउन नै सकिन्छ भन्ने पनि छैन । अहिले सम्म electron लाई कसैले देखेको छैन झन quark र antiquark लाई त कसले पो देखेको होला र । त्यसो भए ति सबैको अस्तित्व छ भनेर नै ठोकुवा कसरी गर्न सकिन्छ ? अहिले सम्म वैज्ञानीकहरुले तिनिहरुको अस्तित्व मानेका छन् किनकी ति सुक्ष्म तत्वहरुले बैज्ञानीकहरुले अनुमान गरे जस्तै व्यवहार देखाउछन् । न्युटनले प्रकाश स-साना कणहरुले बनेको हुन्छ (Particle Theory) हुन्छ भन्दा सबैले हो भने पछी होइन प्रकाश त तरङहरुले बनेको हुन्छ (Wave Theory) भन्ने तर्क आयो र न्युटनको थियोरीले हावा खायो पछि आइन्स्टाइन आए पछि भने होइन प्रकाशमा यी दुबै थरी गुण हुन्छ भन्ने कुरा आयो । यसकारण अहिले everything is created from nothing भन्ने तथ्यमा अझै धेरै काम गर्न बाँकी छ । तर यदि मैले भने जस्तै कुनै अद्रिष्य शक्ति छ भने पनि त्यसलाई भगवान भन्न मिल्छ कि मिल्दैन भन्ने अर्को प्रश्न छ । भगवान हुनको लागि सबभन्दा अनिवार्य शर्त भनेको चेतना हुनु हो र यदि यस्तो हुदो हो त दुष्टहरुले मस्ती र रातो दिन राम्रो काम गर्नेहरुले सास्ती पक्का पनि पाउदैनन थिए होला । तर पनि म आफूलाई निराशाले घेरेको बखत म त्यस अद्रिश्य शक्तिलाई सम्झन्छु, म त्यतिखेर यो झुटो हो भनेर सोच्दिन । तर यसले मलाई कुनै चमत्कारीक लाभ पनि दिदैन बरु मेरो मनमा रहेको आशालाई जोगाइ राख्छ, मलाई धैर्यता प्रदान गर्छ । जुन हामीलाई त्यस्तो अवस्थामा एकदम आवश्यक हुन्छ ।
Read Full Discussion Thread for this article