Posted by: crazy_love November 8, 2011
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग-१७


उषालाइ देख्नासाथै उ झस्क्यो, उसको वालेट साक्षीकै छुट्यो। खोज्दा खोज्दै पकेटमै पायो। तर अझै पनि केहि उतै छुटेको जस्तो भान भैरह्यो। उषालाइ लिएर उ न्युरोडको कुनै एउटा रेस्टौरेन्टमा गयो। त्यहा उनिहरु धेरै पहिले देखि जान्थे, त्यसैले त्यहा प्राय स्टाफले दुबैलाइ चिन्थे। चिसो अर्डर गरेपछि उसले थाहा पायो, आज उषाले हलुका मेक-अप गरेकी छे, उ अलि सधै भन्दा फरक देखिएकी छे। कलेजी रङको कुर्तामा हलुका गुलाबी रङको लिपग्लस, अनि आखाँमा पनि निलो हो कि कालो रङको स्याडो लगाएकी छे। उसको अनुहार नै बेग्लै देखिएको थियो। छालाको रङ त गहुँगोरो हो र पनि अरुबेला उषाको अनुहारमा कमै मेक-उप् देखिन्छ। उसले गहिरिएर हेरेको थाहा पाएर उषा अलिकति लजाइ।

"आज के हो?" उसले बुझ्नै सकेन।

"के होला? भन्नुस् त!" उषा मुस्काइ।

"आज तिम्रो मुड एक्दम राम्रो छ जस्तो छ।" उसले जिस्कायो।

"मेरो त सधै राम्रो हुन्छ, तपाइ त हो नि सधै ब्यस्त हुने।" बेलामा ब्यङ गरी उषाले।

"सरी! हेर न! केहि दिनदेखि अलि तनाबमा छु।" उसले कुरा लुकाउन सकेन।

"त्यो त म पनि देख्दैछु। मेरो कारण त हैन है?" उ ब्यर्थैमा चिन्ता गर्छे।

"तिमीले मलाइ कहिले पो टेन्सन दिएकी छौ र? बरु म नै उल्टो तिमीलाइ बेकारमा दुख दिरहेको हुन्छु।" उसले आफैलाइ धिक्कार गर्‍यो मनमनमा।

"एउटा कुरा सोधुँ?" उषाले के सोध्न लागि भनेर उ सतर्क भयो तर सामान्य जस्तो बन्यो।

"सोध न!" उसले चिसो पियो।

"तपाइलाइ बिहेको बारेमा धेरै टेन्सन छ कि क्या हो?" उषाले उसले नसोचेको बिषय निकाली।

"त्यो त तिमीलाइ पनि होला नि। अलि अलि जसलाइ पनि हुन्छ, हैन र?" उसले सकेसम्म हो जस्तो गर्‍यो।

"मलाइ त त्यस्तो चिन्ता लिनु पर्छ जस्तो लाग्दैन। बिहेलाइ ठुलो मुद्दा बनाउनु हुदैन। मलाइ त धुमधामसङ बिहे गर्ने रहर पनि छैन। आखिरमा बिहे हामी दुइ जनाको हो, अरुलाइ खुशी बनाउनु पर्छ जस्तो लाग्दैन।" उषाले उसको मनको कुरा गरी। सोचेको त उसले पनि त्यस्तै हो, तर बिचमा अरु कुराहरु निस्क्यो।

"उषा, साँच्चै तिमीलाइ बिहेसङ डर लाग्दैन?" उ सिरियस भयो।

"डर? किन?" उषा झस्की।

"मेरो पहिलो बिहे असफल भयो, कहिलेकहि दोस्रो बिहे पनि त्यस्तै होला की भन्ने डर लाग्छ।" उ भाबुक भयो।

उसको हात आफ्नो हातमा लिएर उषा एक्छिन चुप लागी।

"एउटा सम्बन्ध बिग्र्यो भन्दैमा सबै सम्बन्ध नराम्रो हुदैन। तपाइले मलाइ यति बर्षदेखि चिन्नु भएको छ। के तपाइलाइ म प्रति बिश्वाश छैन?" उषाको हातको न्यानो स्पर्शले उसमा अनौठो अनुभुति भयो। तर यताउता हेर्दै उसले आफ्नो हात बिस्तारै तान्यो।

"के भयो?" उषा छक्क परी।

"अरुहरुलाइ किन हाम्रो प्रेमको रमिता देखाउने भनेर। पब्लिक प्लेसमा मलाइ अप्ठ्यारो लाग्छ।" उसले भनेपछि उषाले दायाबाया हेरी, सबै जना आ-आफ्नै कुरामा ब्यस्त थिए। कसैले उनिहरुलाइ हेरेका थिएनन्।

"अनि बुबा मुमालाइ सन्छै छ?" उषाले कुरालाइ अर्कैतिर मोड्ने प्रयास गरी।

"साँच्चै उषा! मलाइ मेरो पहिलो बिहे बिग्रनुको कारण आफै हुँ कि जस्तो लाग्छ। हेर न! मलाइ त्यस्तो प्रेम ब्यक्त गर्ने तरिका केहि आउदैन। म एकदम सरल छु। कतै तिमीलाइ पनि मेरो यस्तो ब्यबहारले दुखी त बनाउदैन?" उसको मन ढुकढुक गर्न थाल्यो।

"मलाइ थाहा छ, तपाइ कस्तो हुनुहुन्छ भनेर! तर बिहे पछि त हामीहरु अरु नजीक हुन्छौ। दुइ भिन्दै ब्यक्तिहरु कहिलै समान हुन सक्दैनन्, त्यसमा पनि नारी र पुरुष त स्वाभवैले फरक हुन्छन्। लोग्ने वा स्वास्नी दुबैमा कमी कमजोरीहरु हुन सक्छन्, त्यसैलाइ समस्या बनाएर होइन कि, बरु स्वीकार्दै सुधार्ने कोशिश गर्नु पर्छ। कुनै पनि मानिस १००% असल त हुनै सक्दैन। त्यसो हुने भए त यो संसारको नाम नै फरक हुनु पर्थ्यो।" उषा अलि नजिकै आइ।

"तिमी मलाइ सधै यसरी नै सकारात्मक बिचारहरुले मुग्ध पार्छौ। मलाइ तिम्रो यही बानी मन पर्छ, सधै पोजिटिव!" उ दङ पर्‍यो, फेरि उ भित्र उषा र उसको खुशी जिबनको तस्बीरहरु कोरिन थाल्यो।

"पहिलेको बिहे असफल हुनुमा तपाइको कुनै गल्ती छैन, त्यसको बारेमा सोचेर आफुलाइ दोषी नबनाउनुस्!" उषाको कुराहरु सुन्दा उसले समय बितेको थाहा पाउदैन।

"कसको गल्ती त?" उसले उषाको मुखबाट साक्षीको नाम सुन्ने आशा गर्‍यो।

"अभिभाबकको!" उषाको जवाफ सुनेर उ छक्क पर्‍यो।

"तिमीले कसरी थाहा पायौ?"

"मैले अरुबाट सुने अनुसार साक्षीको परिबारलाइ उ र गाइनेको प्रेमबारे पहिले नै थाहा थियो। तर उनिहरु गाइनेलाइ मन पराउदैनथे। हाम्रो समाज नै त्यस्तो, सम्पन्नता, शिक्षा, पारिबारिक प्रिष्ठभुमि, जातपात, दुइ मुटुको प्रेमभन्दा बलियो हुन्छ। त्यसैले उनिहरुले गाइनेसङ छुट्टाएर साक्षीको हतार हतार तपाइसङ बिहे गरिदिएका रे। म त त्यो सरासर साक्षीको अभिभाबकको ठुलो गल्ती मान्छु। त्यस्तो कलिलो उमेरमा बिचरीको जीबन बर्बाद भयो!" उषा तर्क दिएर मेनु हेर्न थाली।

"उनिहरुको नाटकको फाल्टु जोकर चाहि म भए है?" उ आफै हांस्दै भन्यो।

"के खाने? अर्डर गरौ न है? मलाइ भोक लाग्यो।" उषाले उसको कुरा सुनिन कि क्या हो, मेनुतिर केन्द्रित भइ।

"तिमीलाइ जे मन पर्छ त्यही अर्डर गर। मेरो खासै चोवाइस हुदैन। तिमीलाइ थाहै छ।" उ अध्याँरोले ढाक्न लागेको काठमान्डुलाइ हेर्न थाल्यो।

"तपाइले अघि नै मलाइ के सोध्नु भएको थियो नि? फेरि सोध्नु न!" उषा खुशी हुँदै उसको अध्याँरोलाइ बिथोल्न आइ।

"के भने हँ??" एक्छिन सोच्यो, अनि सम्झ्यो "अँ, आज तिमी बेग्लै देखिन्छौ। अलि अलि नक्कली जस्तो!" भन्नै नहुने भने कि भनेर उसलाइ भित्रभित्र पछुतो लाग्यो।

"हो त म नक्कली तपाइ नक्कले।" उषा मुस्काइ।

"हेर! म जस्तो बिचरालाइ नक्कले रे! दारी नकाटेको पनि आज कति दिन भैसक्यो?" भन्दै उसले आफ्नो चिँडो छाम्न थाल्यो।

"सोध्नु न भन्या!" उषा जिद्दी गर्न थाली।

"के रे? तिमी आज किन नक्कली भएकी हँ?" उसले फेरि जिस्काउन खोज्यो।

"भनु??"उषा पनि जिस्किन थाली।

"भन न!" उसलाइ खासै त्यस्तै जिस्किनु पर्ने कुरा होइन कि जस्तो लाग्यो।

"आज मेरो बुबा ममी दुबैले अब हाम्रो बिहेको तयारी गर्ने भन्नु भयो! छिट्टै रे!" उषाको खुशी उसको पनि खुशी थियो।

"अनि डिवोर्सको कुरा नि?" उसले सम्झ्यो, साक्षी र सीडिओ अफिस!

"त्यो त उहाँहरुले अहिले बुझ्नु भयो रे! त्यस्तो कुनै समस्या नहुने भयो रे!साइत मिल्नासाथै तपाइको परिवारसङ कुरा गरेर सबै तयारी गर्ने रे!" उषा जोक गरिरहेकी थिइन।

"यो त धेरै राम्रो कुरा हो! अघि नै किन नभनेकी?" उषालाइ अंगालोमा बाँध्न खोज्यो, फेरि वरिपरि हेरेर रोकियो।

"अब तपाइले टेन्सन लिनै परेन। अब त मलाइ फोन नगरी बिजि भन्न पाइदैन है।" उषा फेरि उसङ नजिकिइ।

"फोन!" बल्ल उसले सम्झ्यो, पकेटबाट बाइकको साँचो झिक्दा उसले फोन त सोफामा छोडेछ।

के उसले साक्षीलाइ फोनको बहानामा  एक्चोटि फेरि भेट्न पाउला?

क्रमश:

 

ma_lure jyulaai ni kati tension ushako?

 

Read Full Discussion Thread for this article