Posted by: Geology Tiger October 30, 2011
महाकवि देवकोटा सम्बन्धी सामाग्रीहरु
Login in to Rate this Post:     0       ?        

महाकवि देवकोटासँग सम्बन्धित दस्तावेज खोज्ने मेरो कार्य जारी नै छ । साझाका केही मित्रहरुले पनि मलाई आफ्नो अमूल्य सुझाव र जानकारीहरु उपलब्ध गराएर ठुलो मद्घत गर्नुभयो यसै बिच मैले ईन्टरनेटमा खोजी गर्दा फेला परेका केही सामाग्रीहरु यहाँहरु सबै समक्ष बाड्न चाहन्छु ।

महाकवि देवकोटाको विविध पक्षसँग सम्बन्धित भएर कार्य गर्ने थुप्रै संस्थाहरु होलान्, ती मध्य दुइवटा संस्थाहरुको जानकारी ईन्टरनेटमा सजिलै हेर्न पाईन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र यो संस्थामा देवकोटाका कान्छा छोरा पदम देवकोता स्वयम् सहभागी हुनुहुन्छ

http://www.dsrc.org.np/eng/about_dsrc.php

अर्को त्रिमूर्ति निकेतन जसले महाकवि देवकोटा, नाट्यसम्राट बाल्कृष्ण सम तथा कवि शिरोमणी लेखनाथ पौड्याल सम्बन्धी अध्ययन गर्छ

http://www.trimurtinepal.com.np/contents.php?id=75


देवकोटाको केही कृतिहरु अन्लाईन पढ्नको लागि उपयुक्त साइट: पुस्तकालय
http://www.pustakalaya.org/

नब्बे भन्दा बढी महाकविका रचनाहरु भएको साइट: सन्जाल

http://sanjaal.com/nepalipoems/   

हामी मध्य धेरैले युट्युबमा राखिएको महाकवि देवकोटाको आवाज सुनिसकेका छौ होला । यसको सक्क्कली प्रति बिबिसी नेपाली सेवासँग छ । मैले बिबिसी नेपाली सेवालाई एउटा प्रतिलिपी उपलब्ध गराइदिन अनुरोध गरेको थिए । तर बिबिसीले कुनै चासो देखाएन ।

http://www.youtube.com/watch?v=p0jZ9CanqL0&feature=related

युट्युबमै सगरमाथा टेलिभिजनले तयार पारेको संरक्षणको अभावमा दिन दिनै बिग्रदै गएको महाकवि देवकोटाको घर देखाइएको छ । यसलाई संरक्षण गर्ने जिम्मा कसको?

http://www.youtube.com/watch?v=rfgmCS4Ij5s&feature=related

अझ अर्को भिडियोमा देखाइको देवकोटाको नाममा बनाइएको पार्कको द्रिष्य हेर्यो भने त रुनै मनलाग्छ ।  

http://www.youtube.com/watch?v=13mCfF4w82s           

Read Full Discussion Thread for this article