Posted by: _____ October 21, 2011
नेपालमा साँस्कृतिक प्रभाव जमाउने भारतीय चाल
Login in to Rate this Post:     0       ?        
 

नेपालमा साँस्कृतिक प्रभाव जमाउने भारतीय चाल

केही नेपाली स्रष्टा समेत बहकिँदै


1
 

काठमाडौंमा बिहीबारदेखि नेपाल भारत साहित्यिक तथा साँस्कृतिक सम्मेलन शुरु भएको छ । शनिबारसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका झण्डै ८० जना साहित्यकारहरुको सहभागिता छ । बीपी कोइराला फाउन्डेसन र भारतीय दूतावासको सहयोगमा सम्मेलन भएको हो । सम्मेलनका आयोजक दह्रो भएकाले कार्यक्रम पनि तामझामका तारे होटलहरुमा भैरहेको छ ।

बिहीबारको कार्यक्रम अन्नपूर्ण होटलमा भएको थियो । शुक्रबारको कार्यक्रम भने याक एण्ड यतिमा हुँदैछ । शनिबार अरु कुनै होटलमा गर्ने आयोजकको तयारी छ ।

भड्किलो खर्च र तामझामका साथ हुने यस्तो सम्मेलन यो पहिलो भने होइन । नेपाल र भारतका साहित्यकारहरुको जमघट बेलाबेला भैरहन्छ, कहिले नेपालमा र कहिले भारतमा । हरेक सम्मेलन दुई देशबीचको साहित्यिक अनुभव आदानप्रदानको लागि भएको आयोजकले दावी गर्छन् । तर जानकारहरुका अनुसार भारतीय साहित्यकारहरुकै जोडमा यस्ता सम्मेलन हुने गरेका छन् । ‘नेपालको साँस्कृतिक र साहित्यिक क्षेत्रमा प्रभाव पार्ने उदेश्यले भारतीयहरुकै बलमा यस्ता कार्यक्रम हुने गरेका छन्’ एकजना स्रष्टाले भने – ‘भारतीय चाहनालाई पूरा गर्न नेपालका केही अग्रज भनिने स्रष्टाहरु पनि बहकिएका छन् ।’

उनका अनुसार बिहीबारको छलफलमा भारतका साहित्यकारले गौतम बुद्ध जन्मेको मात्रै नेपालमा र अरु सबै कर्म भारतमा भएको भन्दै बुद्धको जस भारतले पनि लिन सक्ने अर्थमा कार्यपत्र प्रस्तुत गरेका थिए । कतिपयले नेपालका केही मातृभाषा भारतबाटै आएकाले नेपालको संस्कृतिमा भारतको प्रभाव रहेकोमा जोड दिएका थिए ।

यस्ता सम्मेलनमा दुई देशको साहित्यिक क्षेत्रको अनुभव र आपसी हितको बारेमा छलफल भएपनि भारतीय पक्षले प्रायः आफ्नै अनुकूलको कुरा गर्ने गरेको अर्का स्रष्टाको अनुभव छ । ‘भारतबाट धेरै साहित्यिक कृति नेपालमा आउँछन्, तर नेपालको प्रकाशन चाहिं भारत जान रोक लगाईएको छ’ एकजना साहित्यकारले भने -’यसबारे पटकपटक कुरा गरेपनि भारतीय पक्षले वास्ता गरेको छैन ।’ त्यसैले यस्ता साहित्यिक सम्मेलन भारतकै चाहना र प्रभावमा रहेकाले नेपालले फाइदा लिन नसक्ने धेरै स्रष्टाहरुको भनाई छ ।

Last edited: 21-Oct-11 06:24 PM
Read Full Discussion Thread for this article