Posted by: Rakeshkc October 19, 2011
Why is Pawan Karki not caught yet?
Login in to Rate this Post:     0       ?        
अमेरिकाद्वारा क्यापिटल मर्चेन्टका पवन कार्कीको ‘फिङ्गर प्रिन्ट’ माग

आर्थिक संवाददाता

काठमाडौैं, कात्तिक १

नेपालमा वित्तीय अपराध गरेर आफ्नो देशमा बस्दै आएका क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका पूर्वप्रबन्धक पवनकुमार कार्कीको ‘फिङ्गर प्रिन्ट’ उपलब्ध गराइदिन अमेरिकाले काठमाडौंस्थित दूतावासमार्फत नेपाल सरकारसँग आग्रह गरेको छ ।

केही समयअघि नेपाल सरकारले कार्कीलाई पक्राउ गरेर पठाइदिन अमेरिकास्थित दूतावासमार्फत अमेरिकी सरकारसँग आग्रह गरेको थियो । नेपालको आग्रहलाई स्वीकार गर्दै अमेरिकाले ‘फिङ्गर प्रिन्ट’ उपलब्ध गराइदिन पत्र पठाएको हो । अमेरिकाले पठाएको पत्र परराष्ट्र मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ । नेपालले ‘फिङ्गर प्रिन्ट’ उपलब्ध गराएपछि पहिचान गरेर अमेरिकाले पक्राउ गरेर कार्कीलाई नेपाल पठाउनेछ । अमेरिकाले ‘फिङ्गर प्रिन्ट’ नै मागेपछि कार्कीलाई नेपाल पठाउने करिब निश्चित भएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

कार्कीले १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार रुपैयाँ ठगी गरेर नेपालबाट भागेर अमेरिका गई बसेका छन् । प्रहरीले क्यापिटलका संस्थापक अमिरजंग खड्कालाई गत असार १३ गते, सेयरधनी जानुका केसीलाई १४ गते र भरतराज पौडेललाई भदौ ४ गते पक्राउ गरेको थियो । उनीहरु साधारण तारेखमा रिहा भइसकेका छन् । तत्कालीन अध्यक्ष विज्ञानप्रसाद पौडेल, वरिष्ठ अधिकृत मनोज खनाल, राजु कार्की र हरिहर खड्का भने पुर्पक्षका लागि थुनामा छन् । उक्त वित्तीय अपराधमा प्रमुख हात पवनकुमारको देखिएपछि नेपाल राष्ट्र बैंकको अनुरोधमा अर्थले अमेरिकीसरकारसँग उनलाई पक्राउ गरेर पठाइदिन आग्रह गरेको हो ।

क्यापिटलमा कार्कीको प्रत्यक्ष १५ सहित ६० प्रतिशत सेयर रहेको छ । क्यापिटलले गरेको ऋण लगानीमध्ये अधिकांश कार्कीले नै उपभोग गरेको राष्ट्र बैंकको छानबिनले देखाएको छ । कार्की राष्ट्र बैंककै केही अधिकारीको सहयोगमा नेपालबाट भागेको स्रोतको दाबी छ । दबाब परेपछि मात्र राष्ट्र बैंकले कार्कीलाई पक्राउ गर्न आग्रह गरेको स्रोतको दाबी छ । उनलाई नेपाल ल्याएर बयान लिएपछि क्यापिटलमा क–कसले कति वित्तीय अपराध गरेको खुल्नेछ ।
Read Full Discussion Thread for this article