Posted by: kushall October 17, 2011
dami Nepali jokes
Login in to Rate this Post:     2       ?         Liked by
 एकपटक प्लेनको यात्रामा राजेश दाइ र रजनीकान्तको अचानक जम्काभेट भएछ। वल्र्डकै टप टु पर्सन एउटै स्थानमा भेट भएपछि दुई जनामा बाजी परेछ। रजनीकान्तले सोधेको प्रश्नको उत्तर राजेश दाइले दिन नसके ५ डलर र राजेश दाइले सोधेको प्रश्नको उत्तर रजनीले दिन नसक्दा ५ सय डलर तिर्ने सहमति भयो। रजनीकान्त : पृथ्वी र चन्द्रमामा के फरक छ ?

उत्तर नआएर राजेश दाइले चुपचाप ५ डलर तिरेछन्। 

राजेश दाइ : कुन जनावर तीनवटा खुट्टासहित हिमाल यात्राको क्रममा जान्छ, र्फकंदा चारवटा खुट्टासहित र्फकन्छ ?

रजनीकान्त दुई घन्टासम्म सोच्दा पनि उत्तर नआएपछि ५ सय डलर दिन बाध्य हुन्छन्। 

रजनीकान्तले सोध्छ :  उत्तर के हो ?

राजेश दाइ फेरि शान्त भएर ५ डलर फिर्ता दिन्छन्, किनभने उत्तर नआएपछि उनले  ५ डलर मात्र तिर्नु पर्ने हुन्छ। 


from saptahik...
dami chaina ta sathi ho???
Read Full Discussion Thread for this article