Posted by: Poonte October 16, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     2       ?         Liked by
किशोर जी,

तपाईंको कतिपय तर्कहरुमा असहमत भए पनि समसमायिक बिषयहरुमा यसरी बहस शुरु गर्नु भई आफ्नो धारणाहरु व्यक्त गर्ने अवसर दिलाउनु भएकोमा तपाइंलाई मुरी मुरी धन्यबाद! हाम्रो भाषा, कला, संस्कृतिको संरक्षण र बिकास गरिनु पर्ने तर्कमा तपाईंसंग म पूर्ण रुपमा सहमत छु, तर हाम्रो भिन्नता भने त्यो कसरी गरिनुपर्छ भन्ने "प्रक्रिया" मा मैले महसुस गरेको छु.

कुन गीत सुन्ने, कुन सिनेमा हेर्ने, कुन भाषा बोल्ने जस्ता बिषयहरु नितान्त व्यक्तिगत चाहनाहरु हुन. कसैलाई "त्यो गीत नसुन, यो गीत सुन" भनेर दमनकारी प्रक्रिया मार्फत उ माथि अरुको बिचार र चाहनाहरु लाद्नु गैर-लोकतान्त्रिक र प्रत्युक्पादिक हुन्छ. रोकतोक लगाउनु (तपाइंले सुझाब दिनु भए जस्तो हिन्दी सिनेमा र गानाहरुमा बन्देज लाउनु) पनि गैर-लोकतान्त्रिक भएकोले मेरो बिचारमा त्यस्ता पाइलाहरुले नकारात्मक असर मात्र पार्छ जस्तो लाग्छ. यदि आफ्नो कला र संस्कृतिको दिगो भलो चिताउने हो भने, सकेसम्म लोकतान्त्रिक प्रक्रिया -- खुला प्रतिस्पर्धा -- मार्फत समाधान खोजेमा मात्र सम्पूर्ण नेपालीहरुको भित्रि चाहनामा सार्थक परिवर्तन ल्याई हाम्रो कला र संस्कृति सबल हुन जान्छ जस्तो मलाई लाग्छ. बन्देज लगाएर के गर्नु? बाहिर गैरकानुनी ठहरिने डरले हिन्दी गाना नसुन्लान, तर आफ्नो कोठा भित्र मज्जाले बलिउड डान्समा नाच्देलान! गहिरो, प्रभावकारी, genuine परिवर्तन भयो त त्यो?

मेरो आफ्नो उदाहरण...सिनेमा जगतमा मलाई नेपाली सिनेमाहरुमा पटक्कै रुची छैन. कहिले काहीं नेपाली हो, support गर्दिम भन्ने भावनाले हेर्न गईदिन्छु, तर अत्यन्तै न्यून स्तरको production महसुस गर्छु र आफ्नो समय बर्बाद भएको ठान्छु. हिन्दी सिनेमाहरु पनि अक्सर त्यस्तै हुन्छन, भला उनेरुको प्रस्तुती चाहिं नेपाली सिनेमाहरूको भन्दा अलिक उच्च नै देख्छु. धेरै जसो हिन्दीमा पनि म non-commercial, art movies हरु रुचाउँछु. तर मलाई प्रतक्ष्यमा चिन्ने थुप्रै साझाबासीहरु साक्षी छन्...लोकदोहोरीमा भने मेरो interest अत्यन्तै गहिरो छ. झ्याउरेमा उफ्री उफ्री नाच्न र मौका पाए दोहोरि खेल्न/गाउन सदा तत्पर हुन्छु म! कारण? एक त आफ्नो पुर्खेउली पहाडी गाउँले भएकोले पनि हुन सक्छ, तर मलाई लागेको बिशेष कारण चाहिं लोकदोहोरीमा मौलिकता छ. modern गानाहरुको कुरा गर्नु हुन्छ भने, शब्द, संगित दुबैमा हिन्दी गानाहरुमा नेपालीमा भन्दा उच्च स्तर भेट्छु, र धेरै जसो त्यहि सुन्छु.

खुला प्रतिस्पर्धा -- अर्थात लोकतान्त्रिक प्रक्रिया -- सजिलो त हुँदैन, तर long term मा यो नै अत्यन्तै प्रभावकारी र सार्थक हुन्छ, त्यसैले जस्तो सुकै कठिनाइहरु सामना गर्नु परे पनि, यो प्रक्रियामा हार नखाई अटुट लागिरहनु पर्छ. माथि केहि साथीहरुले भन्नु भए जस्तै, नेपाली गाना र सिनेमाहरूको गुणस्तर उच्च बनाएर नेपालीहरुको मन र चाहना जित्न सक्नु पर्छ. मौलिकतामा बिशेष ध्यान दिईनु पर्छ. आफ्नो कला संस्कृतिको सहि जगेर्ना गर्ने हो भने, अरुको कला, संस्कृतिलाई पछार्ने नकारात्मक पथ रोजेर होइन कि, आफ्नै लाइ सबल, रोचक, र प्रतिस्पर्धी बनाउने सकारात्मक  बाटो अपनाउनु पर्छ.

दमनकारी प्रथाले नेपाली भाषा, संस्कृतिको संरक्षण गरिने प्रयास नभएको होइन, तर त्यो असफल र नामुक पुस्टि भईसकेका छन्. कला र संस्कृतिको क्षेत्रमा मात्र होइन, समग्र नेपाली जीवन शैली मै  --  राणा काल देखि पंचायत सम्म -- पुस्तौं सम्म दमन छाएको थियो. नतिजा? आज हामीले गर्भ गर्ने नेपाली कलाको नमुना भनेको उही दुई-अढाई सय वर्ष पुरानो मल्ल कालिन दरबारहरु छन्. त्यो पौराणिक समयदेखी अहिले सम्मको नेपाली कला क्षेत्रको बिकास? अति न्यून -- शुन्य झैं!

कला फस्टाउने भनेकै पूर्ण लोकतान्त्रिक छत्र छायाँमा मात्र हो. मिठो-नमिठो सबै आफ्नै स्वेच्छाले चाख्दै जाने मौका पाए पो "यो भएन, अर्को चाखम" भन्दै उन्नतिको पथमा हामी लागि रहन सक्छौं.

मैले जाने अनुसार, सरकारले कला र संस्कृतिको बिकासको लागि बिशेष बजेट छुट्याउन पर्छ, र त्यो क्षेत्र लाइ आफ्नो उन्नतिको निम्ति आफैमा निर्भर छाडी खुला वातावरणको सिर्जना गरिदिनु पर्छ. त्यसरी नै नेपाली कला र सस्न्कृति को बिकास हुँदै जाला, अनि नेपालीहरुको रुची हिन्दी बाट नेपाली गाना तथा सिनेमाहरु तिर ढल्कँदै जाला. तपाईं हामीले चाहेको तिब्र गतिमा नहुन सक्छ, तर जब हुन्छ, त्यो पूर्ण रुपले सार्थक हुन्छ.

अन्तिम कुरा...हुन त म स्वयम पनि अझै जातीय संघियताको पक्षमा पूर्ण रुपले लाग्न सकेको छुइन, तर भाषा र संस्कृतिको संरक्षण र बिकासको निम्ति भने नेपाल भित्रका हरेक भाषा र संकृतिको बिकासको निम्ति हरेक जात/समुदाय लाइ  आ-आफ्नै खुला पथ रोज्न संधिय प्रणाली अपनाउन पर्छ. आ-आफ्नो संस्कृतिको संरक्षण र बिकास कसरी गरिनु पर्छ भन्ने मुद्दा प्रत्येक समुदाय/जात ले आ-आफैँ जानेका, बुझेका हुन्छन.  पंचायतले खस भाषा र अन्य खस पहिचानलाई "नेपाली" ठहराउन अरु सबको दमन  गर्यो. त्यो चरम अन्यायको नमुना मात्र नभई, अन्य भाषा र संस्कृतिको साथ साथै नेपाली/खस को बिकास मा समेत बाधा पुर्याएको मेरो ठहर छ.
Read Full Discussion Thread for this article