Posted by: jantare1 October 13, 2011
एउटा छोटो कथा, है त!
Login in to Rate this Post:     3       ?         Liked by
 तिमी छेऊ वारी म डाँडा पारी टाढियौँ हामी दुई
माया है मैले मारेको छैन नबस्नु तिमी रोई
सम्झना तिम्रो आइरन्छ प्रिए हरछिन हरपल   
साँचो छ माया तिम्रोझैँ मेरो गर्दिन म छल
 
सम्झेर तिम्रो त्यो मीठो माया म यहाँ तड्पिन्छु
देखेर सपना बोलाउँदा तिमीलाई झस्की म ब्युझिन्छु
तिम्रो साथ बिना यो जीवन मेरो के सार भयो र 
लिन है तिमीलाई चाँडै नै फर्की आउँदैछु म घर
 
बिताउन बाँकी यो जीवन तिमीसँग तर्दै छु सागर
पुरा हुनेछ सँगै जिउने मर्ने त्यो हाम्रो रहर
पुरा हुनेछ सँगै जिउने मर्ने त्यो हाम्रो रहर 
 
- जन्तरे
 
Last edited: 13-Oct-11 10:49 PM
Read Full Discussion Thread for this article