Posted by: Geology Tiger October 12, 2011
साझा बारे साझा सवाल
Login in to Rate this Post:     2       ?         Liked by
मैले त ठुल्दाइलाई आफ्नो गुरु नै मानेको छु, ठुल्दाइको साझा प्रतिको आस्था, नेपाल र नेपाली प्रतिको माया र प्रजातन्त्रमाथिको विश्वासमा कसैले शंका गर्नुपर्ने कुनै कारण पनि छैन र ठाउँ पनि छैन । अनि अर्को कुरा ठुल्दाइको नजरमा बाबुराम जति हत्यारा हो मेरो नजरमा पनि त्यतिकै नै हो भन्ने कुरा त मैले ठुल्दाइलाई भन्नु पनि नपर्ला ।

तर मलाई चित्त नबुझेको एउटै कुरा के भने नि ठुल्दाइ त्यो मकले कान्छा आएर हरेक दिन उसको कुरा नमान्ने जति सबै आतंककारी हुन् र सबै मरुन् भनेर सराप्न थाले पछी त्यो त आफ्नो विचार प्रकट गरेको मात्र नभएर आफ्नो विचारलाई अरुमाथि हावी बनाउन खोजेको भएन र? त्यस पछि त साझा पनि साझा नरहेर मकलेको दुनियाँलाई गाली गर्ने बाजा जस्तो भएन र? 

साझामा आफ्नो स्वच्छ विचार र प्रतिकृया दिन पाउनु त सबैको अधिकार नै हो नि, यदी त्यस्तो भएन भने त साझा कसरी साझा रहला र कसरी चल्ला?  
Last edited: 12-Oct-11 02:14 PM
Read Full Discussion Thread for this article