Posted by: Jhilka October 9, 2011
Prachanda wears suit in his fathers cremation
Login in to Rate this Post:     5       ?         Liked by
हँन ए बुज्रुग वन्धुहरु हो! प्रचण्डको बाबु वितेको बेलाँ त कमेन्ट नगरे कसो होला| किरिया नबसेर राम्रै गर्यो| 
Practice what you preach.यसलाई राम्रो थालनीको शुरुआत सम्झे कसो होला| 
बाबुरामले मुस्तांग चड्दा पनि भएन, प्राडो चड्दा पनि भएन| सानो कुराँ नी  जैले पनि केई न झ्याऊ खोजेर किन प्यार्र प्यार्र
कराईरहने| बरु अलि गतिलै मुद्दा लिएर माओवादीलाई जोडले कसे कसो होला| 
म माओवादीको पुच्छर हैन,  रौँ नी हैन| सके भकुर्न पनि पछी पर्ने छैन|  तर यो किरिया बस्ने परम्परा अहिलेको समयमा 
व्यवहारिक छैन| कुनै जमानामा यसको उपयुक्तता थियो| मरे पछी खाऊ बाबै केरा भनेर देखावटी गरिरहनु पर्दैन| बाबु आमाको 
जीवनकालमा सुख, सुबिधा र शान्ति दिन पर्ने त्यो काम सन्तानले गर्नुपर्छ| गाई दान दिएर मृतकले वा उनको आत्माले वैतरणी 
सेतु पार हुने कुरो अहिलेको सन्दर्भमा मिल्दो छैन|   
बरु बाबुराम बाजेले सके त्यो किरिया विदा नै सरकारी लिस्टबाट  हटाईदिन पर्छ| तर परम्परा चट्टै एकैचोटी छाड्न भन्दा सामाजिक र मर्यादा र मान स्वरूप साकेंतिक प्रतीकको रुपमा तेह्र दिनको 
सट्टा सके तेह्र घण्टा वा नसके तेह्र मिनट पालन गरे कसो होला? अझ सके तेह्र दिन श्रमदानमा भाग लिएर केही ठोस कार्य गरे कसो होला?
हाम्रो परम्परा  रीतिथितिलाई समय अनुरुप बनाउंदै लैजान पर्छ| त्यसो गर्न कम्युनिस्ट र माओवादी नै हुनपर्छ भन्ने छैन| मनभरी कलुषित भावना पालेर 
बाहिरी सेतो वस्त्र धारण गरेर बरखी बारेको केई मतलब छैन| छ त? छ भने भन्नुस| 
Read Full Discussion Thread for this article