Posted by: invisible October 8, 2011
उही ड्याङका भट्टराई
Login in to Rate this Post:     1       ?         Liked by

 

उही ड्याङका भट्टराई



बाबुराम भट्टराई पार्टीका सहिदलाई सम्मान गर्न र गृहजिल्लाका जनतालाई सम्बोधन गर्न प्रधानमन्त्री हुनेबित्तिकै सेनाको हेलिकप्टर चढेर गोरखा गए । त्यसको एकदिनअघि सिमि्रक एयरको हेलिकप्टर चढेर पार्टीकै कार्यक्रममा सिन्धुली गएका थिए । प्रधानमन्त्रीका लागि राज्यले विशेष व्यवस् था गरेकै हुन्छ, जुन स् वाभाविक पनि हो । तर, फर्केर आएपछि उनले पत्रकारहरूसँग भने, "मैले प्रयोग गरेको हेलिकप्टरको भाडा म तिर्छु, पार्टीले तिर्छ, सरकारी कोषको दुरूपयोग गर्दिनँ । " राष्ट्रप्रमुख र सरकार प्रमुखका लागि भनेर सेनाको भीभीआईपी उडान शाखा नै छ, त्यहाँ जहाज पनि छन् । उनी ती जहाजमा उड्दा कुनै अस् वाभाविक हुँदैनथ्यो । तर, प्रधानमन्त्रीे कार्यालयले रक्षा मन्त्रालयलाई उडानको व्यवस् थाका लागि लिखित निर्देशन नै दिएको रहेछ र सेनाको जहाजको भाडा मिनाहा पनि सोही निर्देशनमार्फत नै भएको देखियो ।

आमजनताले भट्टराई अरू नेताजस् तो एकथोक बोल्ने, अर्कैथोक गर्ने नेता नहून् भन्ने कामना गरेका छन् । एकपटकको झूट ढाकछोप भए पनि आखिर त्यो झूट नै त हो । यस प्रकरणबाट भट्टराई पनि उही ड्याङका रहेछन् भन्ने सन्देश जाँदैन र ?



चीनलाई प्रयोग !




चीन र भारत दुवैले एकअर्काको चियो गर्न नेपाली अधिकारीहरूलाई समेत प्रयोग गर्ने गरेको जानकारी पाएपछि त्यसमाथि रपिोर्टिङ्का लागि प्रयास थालियो । नेपालमा भारतले गर्ने चियोचर्चो धेरै लुकेको छैन तर चीनको गतिविधि भने लुकेरै हुने गरेका छन् अहिलेसम्म । उसले नेपालका गुप्तचर प्रमुख र उनको संयन्त्रलाई चीन घुमाउने चाँजो मिलाएको रहेछ । चिनियाँ कम्युनिस् ट पार्टीको स् थायी समितिका शक्तिशाली नेता झाऊको नेपाल भ्रमणको पूर्वसन्ध्यामा चीन सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मोती गुरुङसहित चार जना अधिकारीहरूलाई आफ्नो देश भ्रमण गराउने जानकारी गराएको थियो । र, निम्तो पनि तत्कालै पठाएको रहेछ । तर, गृह मन्त्रालयमै फाइल अड्केको रहेछ । 

फेर िदोस्रो निम्ता आयो तर संशोधनसहित । जसमा गृहमन्त्रालयका एक प्रतिनिधिसमेत चार जनालाई स् वागत गर्न आतुर रहेको उल्लेख गरयिो । तर, यो पनि अघि बढ्न पाएन । नयाँ गृहमन्त्री विजय गच्छदारलाई समेत फाइल अड्केकोबारे जानकारी भइसकेपछि निम्ताको तेस्रो संशोधन आयो । जसमा, महाशाखा नै तोकेर सहसचिवसहित दुई जना गृहबाट र प्रमुख गुरुङसहित दुई जना अनुसन्धानबाट भ्रमण दलमा सामेल गराइदिन भनी पठायो । त्यसपछि मात्र बल्ल नेपाली गुप्तचर टोलीको चीन भ्रमणको फाइल सदर भयो । चीनले मात्रै हाम्रालाई होइन, गृहमन्त्रालयका हाम्रा अधिकारी पनि चीनलाई राम्रै गरी प्रयोग गर्न सक्दा रहेछन् भन्ने राम्रो उदाहरण होइन त यो ?
 



कमान्डरको कटाक्ष



माओवादी लडाकूका नेता तथा लडाकू समायोजन विशेष समिति सचिवालयका सदस् य चन्द्रप्रकाश खनाल 'बलदेव' अर्का लडाकू नेता कुलबहादुर केसी 'सोनाम'को कार्यकक्षमा छिरे । माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले सत्ताका लागि मधेसी मोर्चासँग चारबुँदे सहमति गरेर राष्ट्रघात गरेकाले सरकारको विकल्प खोजी भइरहेको विषयमा सोनाम यस संवाददातालाई बताउँदै थिए । बलदेव छिरेपछि उनी रोकिए । लगत्तै बलदेवले छेउको कोठा देखाउँदै उभिएरै भने, "मेरो कोठाचाहिँ उता हो है !" मसँगै गएका एक जना साथीले यतै बसौँ न भन्दै बलदेवलाई आग्रह गर्नासाथ उनले हाँस् दै भने, "हामी एउटै घरमा बस् छौँ तर बेग्लाबेग्लै कोठामा छौँ है  !" यति भनेर उनी फुत्त निस् िकए । एउटै पार्टीका यी दुई लडाकूमध्ये सोनाम उपाध्यक्ष मोहन वैद्य समूहमा छन् भने बलदेव अध्यक्ष प्रचण्ड पक्षमा । यी दुई समूहका बीच पार्टीभित्र चर्को द्वन्द्व छ यतिबेला । माओवादी नेतृत्व तहमा समेत सँगै बस् नै नसक्ने अवस् था आएको सुनाएर बलदेवले वास् तविकतातर्फ संकेत गरेका थिए, अध्यक्षलाई छाडेर अर्को गुटको नेता भएकामा यो उनको घोचपेच पनि थियो । उनको कुरामा सोनामले पनि खिस् स हाँसेर स् वीकारोक्ति प्रकट गरेका थिए ।




त्रास मेट्न नसक्दा



आममाफी र अपराधका मुद्दासमेत फिर्ता लिने सरकारको गोप्य तयारीको सूचना जनतालाई दिनु थियो । मुख्य सूचना स्रोतहरूमार्फत संकलन गरसिकिएको थियो । तर, तिनको आधिकारकिता परीक्षण गर्न बाँकी थियो । प्रधानमन्त्री भट्टराईसमेत पाँच सयलाई सफाइ दिने गरी २८ वटा मुद्दा फिर्ताका लागि मन्त्रिपरष्िाद्मा लगिएको सूचना पाएर त्यसबारे पुस् ट्याइँका लागि गृह मन्त्रालय र कानुन मन्त्रालय पुगियो । दुवै ठाउँका अधिकारीहरूले आममाफीको विवरण माग्दै नमाग्न सुझाउँदै गतवर्ष कुनै पत्रकारले पारििदएको मर्का सुनाए । जम्मा दुईवटा मुद्दा फिर्ताबारे अनौपचारकि जानकारी दिँदा आपmनो नाम लेखिदिएकाले धेरै ठाउँमा स् पष्टीकरण दिँदै बल्लतल्ल जागिर जोगाउनु परेको ती दुवैको अनुभव थियो । उनीहरूले दसैँको मुखमा त्यस् तो टन्टा खेप्न नसक्ने भन्दै सूचना दिन नसक्ने बताइदिए । गृहका ती अधिकृतको आग्रह थियो, "विश्वासिलो वातावरण बनाउनूस् अनि मात्रै कुरा गर्छु ।" आफूसँग भने गोपनीयता कायम राख्छु भन्नुबाहेक त्रास हटाउने अरू कुनै उपाय थिएन ।
 

http://www.ekantipur.com/nepal/article/?id=2829
Read Full Discussion Thread for this article