Posted by: _____ October 6, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
 राहुलभाइ जि

तेसो भये त कुरा मिली हाल्यो नि,मापडाँडा पुर्यौने भन्या छदै छ, १०,००० को सन्ख्या पुर्यौने भन्या हो, एकै पटक १०,००० भर्न गर्ने भन्या  मैले देखिन। व्याबहारिक रूप मा यो सम्भब पनि छैन, एकै पटक १०,००० लाई तालिम दिन, बस्न खान सुत्न नेप्लाई सेना सँग छ्यमता पनि छैन  फेरी तेतिका बजेट एकै पटक अर्थ मन्त्रालय ले दिन पनि सक्दैन होला। 

कान्छु ji,

तपाईं ले भन्या जस्ताइ तयार चाँही हुन नि पर्छ, अब मधेसी हरु सेना मा भर्ना हुन तयार नै छैनन भने त उनी हरु भर्ना हुन नै औन्नन नि, र अरु लाई तयार छैनन भन्न चाँही  अली नमिल्ला कि, उनिहरु आफु भर्ना हुन चाहन्चन, सेना को माप्डाँडा पुरा गरेर  भने हामी ले कसरी तयार छैनन भन्न मिल्छ र, फेरी अहिले ७ हजार जती त रेछन्न नि होइन र? अब तिनी हरु चाँही तयार, अब भर्ना लिने  १०, ००० लाई चाँही तयार छैनन भन्न मिल्दैन नि, अदालत ले त benefit of doubt दिन्छ भने हामीले देश को सिङै एक जमात लाई तयार छैनन भन्दा त आरोप लगएको ठहरियेला नि

राज्य मा प्रभाब शाली भए सबैले कुरा सुन्छन, नत्र राज्य सम्म अफ्नो कुरा पुर्याउन गारो हुन्छ भन्ने उदाहरण तपाई लै दिन्छु है

नेपाल मा मारवाडी भाषा बोल्ने कति छन्? तर गोर्खापत्र ले मारवाडी भाषा मा एकदिन प्रकासित गर्छ होइन र, मारवाडी हरुले उनीहरु को भासा को लागि आन्दोलन जुलुस, बन्द गरेको तपैले देख्न भा छ? तर मारवाडी हरु कै संख्या मा बोलिने अरु भासा चाही गोर्खापत्र ले प्रकासित गर्दैन. मारवाडी ब्यापारी हरु को प्रभाबशाली समूह छ उनीहरु को कुरा सरकार ले सुन्छ. मधेसी हरुलाई पनि लागेको होला उनीहरु को कुरा सजिलै संग सुनिन राज्य को हरेक अंग मा उल्लेखनिए उपस्थिति जनाउन जरुरि छ तेसै ले उनीहरुले हरेक ठाम मा अफ्नो उपस्थिति मागेका छन्. सेना मा आराछ्याँ  मागेका होइन मापदण्ड पुरा गरेर उनीहरु को वर्ग को संख्या बढाउन खोजेको मात्र हो. अहिले कै स्तर मा भर्ना लिए मधेसी को संख्या  बढाउन बर्सौ लाग्ने भएकोले.

रह्यो सच्चा मधेसी सेना मा भित्रिने कुरा  तपाई को यो कुरा छे मलाई मन पर्यो, राज्य ले भिभिन्न चरण हरु मा एस्तो नहोस  भनेर हेक्का राख्न पर्छ. तर नक्कली मान्छे हरु भित्र छिर्लान  भनेर देश को एउटा ठुलो जमातलाई   प्रवेश दिन गारो मान्न हुन्न. फेरी अर्को कुरा नक्कली मान्छे हरु त आहिले पनि छिरेकै होलान नि उनीहरु को त एउटा मिशन हुन्छ, तेस्ता  मान्छे हरु कहिले सरकार ले १०,००० मधेसी भर्ना गर्ला र सेना मा छिरुम्ला भनेर बसेका हुदैनन.

१०,००० मधेसी भर्ना गर्दा सेना मा परम्परागात रुप मा भर्ना पाएका हरु लै अली गारो हुन्छ तेती हो. नक्कली छिर्लान भनेर सक्कली लाई  गारो बनाउनु त mass punishment  जस्तो हुन जान्छ. संका  गर्नु ठिक हो तर पुरै जमात लाई संका गर्नु ठिक होइन.  संका हटाउने बन्देज लगाएर होइन. संका  हटाउने check and balance system establish  गरेर हो

[*][*] 

लोल, त्यो  मैले नपध्या  कहाँ हो र, तर म भन्दा पहिला साझा मा अरुले पोस्तिंग गरिसक्य पानि हो र तेस्को जबाफ पनि मैले यो भन्दा माथि को थ्रेड मा दि सके

मधेसी को संक्घ्या १०,००० पुर्याउदा छिर्ने सम्भावना हुन्छ रे? मेरो विचार मा धेरै माथिल्लो स्तर को जासुसी सस्था नभए पनि तेती तल्लो स्तर को चाही छैन होला जस्तो लाग्छ. अब आज को जमाना मा प्रतेक देश मा छिमेकी  देश को अथबा सक्तिशाली हुन चाहने देश को जासुस हुन्चन. नेपाल मा अमेरिकी, रुस्सियन, चाइनीज र इन्डियन  सबै जासुस छन्.  बिकाउ मानिस सबै वर्ग, जमात, धर्म र जात मा हुन्चन. लै नेपाल मा जासुसी गर्न मधेसी पर्खन पर्ने जरुरि छैन जस्तो लाग्छ मलाई. को त एउटा chain  of  command  नै होला नि नेपाल मा.

नागरिकता को कुरा आइहाल्यो. मेरो एक जना साथी ले हेग मा फोन गरेर नेपाल बाट ४ जना मान्छे आउनु भा छ मेरो काम ले busy छु उनीहरु लै घुमैदिनुस है भनेर फोन गर्नु भो. मैले पनि हुन्छ भनेर घुमौना लगिदिए. दुइ जना गृह मन्त्रल्ये को अफिसर हुनुहुदो रहेछा दुवै जना सी दि ओ भै सक्या. प्रसङ्ग मा नागरिकत को कुरा चल्यो एक जना सी दि ओ ले भन्नु भयो यो तिन जना को सिफारिस किन चाहिने? जब कुनै बेक्ती ले म नेपाली हु भनेर नागरिकता लिन औउछ तेसै लाई  प्रमाण माने भै हाल्यो भनेर. ति सी दि ओ पहाडी थिए. एदी उनले भनेको जस्तो गर्नी हो भारत ले समेत बिरोध गर्छ किन थाहा छ? बंगल्देशी र पाकिस्तानी सबै ले मा नेपाली हु भन्दै नागरिकता लिदै  भारत तिर छिर्छन नेपाली भन्दै. अब ति मान्छे तराई मा सी दि ओ भएर गए भने तिनले के गर्लान? गृह मन्त्रलाये ले  सी दि ओ को transfer गर्यो भन्ने  news  आउने बित्तिकै मा तिनको नाम खोज्न  थाल्छु. जब सम्म तेस्त पहाडी हरु छन् तब सम्म लाई  जासुसी गर्न मधेसी को जरुरत पर्दैन. जासुसी कसले गर्छ कसले गर्दैन भन्ने कुरा नियेम अनुसार रोकथाम गर्नी, हो कुनै एउटा वर्ग को मानिस लै दोष लगाएर होइन

अर्को एउटा कुरा पनि भनि हालूँ

मलाई स्कूल मा पढाउने गुरुजी  राजदुत  भएर आउनु भा रेछा, एकजना को घर मा भेट घात  थ्यो, कुरै कुरा मा उहा ले भन्नु भो. धेरै जसो मान्छे भारतीये राजदुत ले नेपाली लाई  हेपेर बोल्यो भन्छन तर के गर्नु राजदुत को पार्टी मा गएर जाड को सुर मा आफै राजदुत लाई सबै कुरा भन्दै हिड्छन पछि आएर फेरी तिनै मान्छे राजदुत ले हस्तछेप गर्यो भन्छन. तेस्त छन् हाम्रा सरकारी अफिसर हरु.राजदुत को पार्टी मा फ्री मा ब्लैक लेबेल घुत्कौना सेना प्रहरी र गृह मन्त्रलाये का धेरै अफिसर पुग्छन. जब सम्म तेस्त मान्छे हरु प्रसस्तै  हुन्चन र सरकार ले कुनै बन्देज लागौदैना तब भारत लाई  नेपाल मा जासुसी गर्न मधेसी चाहिदैन. त्यो बिस्वो विक्रम शाह भन्ने साही नातेदार पनि पर्छ क्यारे अब तिनैले दरबार को कुरा दुताबास मा पुर्याउने भएपछी भारत  किन मधेसी खोजि हिदोस?

अमेरिका को युगोस्लाभिया मा हवाई  हमलाको कुरा. त्यो १५ वर्ष अगाडी को कुरा. १५ वर्ष अगाडी र अहिले technology धेरै बिकसित भैसक्यो. अमेरिका ले किन एटोमिक बम हटाउदै छ? अब उ संग तेस्तो टेक्नोलोजी छ जसले गर्दा अटोम बम चाहिदैन. अटोम बम अब राख्न खर्चिलो भै सक्यो. Selected target attack गरे पुग्छ अब र १५ वर्ष अघि को भन्दा accuracy and precision बढी छ अहिले. एस्ता कुरा हरु समए संगै परिबर्तन हुदै जान्छन. पुराना मान्यता हरु हट्दै जान्छन, नया मान्यता हरु स्तापित हुदै  जान्छन. सधै  पुरानै कुरा मा अल्झिने हो भने त्यो जहाँ को तेही हुन्छ. फेरी त्यो चिनीया दुताबास मा बम खसाल्ने जस्तो एउटा दुइटा गल्ति त जहिले पनि जसको पनि हुन्छ (एदी त्यो सचि गल्ति नै थियो भने पनि)

असली नेपाली मधेसी ले भारतीये लै दिएको नागरिकता को बारेमा उजुरी गरेका छन्. उनीहरु ले तेस्को  को बिरोध गरेका छन्. एसले के देखौछ भने सक्कली मधेसी हरु पनि नक्कली मधेसी ले नागरिकता लिएको मन परौदैनान. तेस्ता लै कसरि भारतीय को लागि जासुसी गर्लान भनेर दोस दिने. हामीले त ति मधेसी मा रहेको राष्ट्र बाद को सहि उपयोग गर्दै नक्कली हरु लाई वगाउने हो.

समस्या लाई  लुकाएर, आखा चिम्लेर समस्या भाग्ने  होइन तेस्लाई त डटेर सामना गरेर समाधान गर्नु पर्छ, सुरु मा नै नेपाली मधेसी हरु लै नागरिकता वितरण गरेको भए पछि भारत  बाट छिरेका हरुले दाबी गर्दा नाइँ  भन्न पाइन्थ्यो.

ब्रो लै नागरिकता लिन गारो भयेछा मेरो त अर्कै प्रकार को नागरिकता बनाइ  दिएको जस्तो छ. मैले त वास्ता पनि गर्या छैन. स.एल.सी दिएपछि कल्लेज भर्ना  हुन नागरिकता चाहिन्छ  भने, लौ भनेर नागरिता लिन गको. त्यो जिल्ला कार्यालय को  झ्याल मा गएर म नागरिकता लिन अको के गर्नु  पर्छ भनेर सोध्या  किन चाहियो नागरिकत पो भन्छ?  मानौ उसको बाबु को सम्पति माग्न गको जस्तो.

कल्लेज भर्ना हुन चाहिन्छ रे नि भने. घर का, बाबु को नाम के, बाबु को नागरिकता खोइ भनेर सोध्यो? अब बाबु नागरिकता नलिदै मरेका थिए म बच्चै हुदा. हुन पनि किसान लाई नागरिकता किन चहियो, जग्गा किन्नु थिएन, बेच्नु थिएन. आमा को नागरिकता छ भनेर सोध्यो, त्यो पनि थिएन, छैन,  भने, बनाको भए पो हुनु.  ल यो फोरम भरेर ल्याउनु टिकट टास्नु  भन्यो तेसै गरे १ महिना पछि नागरिकता दियो. यो काठमांडू उपत्यकाको कुरा हो.

तापैले पत्रिका मा पदना भएन एक जना ले भारतीये रुपिया को कारोबार गर्न २३ वटा नागरिकता बनाएको पर्सा मा. घुस खुवाए पछि नागरिकता तुरुन्त बन्छ साधारण मधेसी लै चाही  असधेय  दुखः नागरिकता लिन सुरु देखि तिनी हरु लै गाउ गाउ मा गएर नागरिकता दिएको भये  अहिले को समस्या आउने नै थिएन 
 
Last edited: 06-Oct-11 04:21 PM
Read Full Discussion Thread for this article