Posted by: Ghorle Boko October 4, 2011
निस्ठुरीलाई पत्र
Login in to Rate this Post:     3       ?         Liked by

निस्ठुरी काली,

हुन त तिम्रो त्यो पत्थर जस्तो मुटुलाइ यो साझामा कोरेका दुइ सब्दले के नै पो होला र? तैपनि आज चाड बाडको दिन तिम्रो सम्झनाले निकै सताइरहेको हुँदा कनिकुथी बोक्रा लेख्ने प्रयास गरेको छु। मेरो मानसपटलमा अझै ताजै छ। पोहोर साल मात्र न हो, तिमीले मलाई माया गरेर दशैंको बेला घरमै बोलाएर खाना खुवाएको। हामी हासी हासी मिठो मिठो खादै साथी भाइ संगै तास खेलेको, अनि ठट्टा गरेको । त्यो बेला त तिमीले मलाई दशैँको एक महिना देखि नै शुभकामना दिएकी थीयौ अनि पहिले नै खाना खाने निम्तो गरेकी थीयौ। तर आज तेहि तिम्रो मायालाइ आज नवमीको दिन हुदासम्म पनि एकचोटी सम्झेकी छैनौ। निकै आस्चर्य लाग्छ।

काली, आज मलाई निकै अनुभूत भैरहेको छ यो पापी समय कति बलवान छ भनेर। हावाको सानो झोक्काले अस्त ब्यस्त बनाइदिने यो स्वार्थी युगको पारा देखेर मलाई निकै घृणा लागेको छ। तेती धेरै माया साचिकै लागेको थियो भने त, एउटा सानो मेसेज भए पनि त पठौथेउ। एकपटक फोन भएपनि त गर्थेउ। अंग्रेजीमा एउटा कथन छ, "Every good thing has to come to an end ". सायद आज म तेहि अनुभूत गरिरहेको छु। तिमीले केहि नगरेपनि मेरो तर्फबाट भने तिमीलाई दशैंको धेरै शुभकामना। तिमीले खोजेको सुख मैले दिन नसकेपनि तिम्ले रोजेको मान्छेले दियोस, यहि मेरो कामना। 

अन्तमा यदि तिमि झुक्किएर यी सब्दहरुमा आँखा लगाउन पुगेउ भने, सम्झनु कि तिम्रा फोनका प्रतिक्ष्यामा कुनै मुटु अझै एक बर्षदेखि कुरेर बसेको छ। तिम्रो सम्झनामा कुनै आँखाहरु एक्लै भएकोबेला अझै बाढी बनेर उर्लन्छन। 

उही तिम्रो 

सधै भलो चिताउने 

भुन्टे बाबु !

Read Full Discussion Thread for this article