Posted by: Rahuldai October 4, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     3       ?         Liked by

मित्रहरु,

आज भन्दा २० बर्ष अघी प्रजातन्त्र पुनर्स्थापना पस्चातको अन्तरिम सरकारका प्रमुख स्वर्गिय किशुनजीको भारत यात्राको अन्तिम दिन भारतीय समकक्षी संगै सयुक्त पत्रकार सम्मेलनको क्रममा एकजना भारतीय पत्रकारले एउटा प्रश्न सोधेका थिए - नेपाल सेनामा मधिसे समुदायलाई किन नलिएको, किन भेदभाव गरेको भनेर ।

जवाफमा किशुनजी ले भन्नु भएको थियो - यो प्रश्न मलाई हैन तपाईं को प्रधान मन्त्री लाई सोध्नुस् । भारतीय सेना मा ( गोर्खा रेजिमेण्ट मा) किन मधिसे लाई प्रबेश गराउनु हुन्न ?

आशा छ, यो सन्दर्भ यो छलफलमा फलदायी हुने छ ।
अस्तु !!!

बिजया दशमी को हार्दिक शुभकामना !!!!!!!!!!!!!!!!!!!!!

Read Full Discussion Thread for this article