Posted by: Geology Tiger October 3, 2011
निहिता विश्वासको अर्को धमाका !!!
Login in to Rate this Post:     2       ?         Liked by
भूलचुक लिनेदिने,
मित्र नाज,

नेपालको उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले विपदलाई विषाद विषाद भने जस्तो तिमीले पनि निहिता विश्वासलाई नितिशा नितिशा भनिदिदा म बर्षौदेखि नितिशा नितिशा भनिरहेको बबुरोको छाती चसक्क चस्किएको छ । नितिशाको नाममा कति कविता लेखे, कति गीत गुनगुनाएँ, कति नाटक गरे, कति घुर्की लगाए त्यो सबैको साक्षी साझा चौतारीका औतारीहरु छदै छन् । कुनै कारणै बिना कुनै सूचनै बिना हराएकी नितिशाको बिछोडमा कति आँसु बगाए, चौतारीको त्यो बुढो रुखलाई अँगालो हालेर कति सुँसाए र आफ्नो मनको घाऊलाई दुनियाँको अगाडि कसरी छोपे भन्ने कुरा चाँही मलाई नै थाहा होला । तर आज तिमीले तिम्री निहिताको ठाउँमा मेरी नितिशाको नाम लेखिदिदा मन त्यसै त्यसै भक्कानिएर आयो । तिमीबाट अब यस्तो भूल हुँदैन होला भन्ने आशा गर्दै आजलाई यही बिट मार्छु ।

अब जादाँ जादैँ निहिता माथी प्रयोग गरेको कुरालाई लिएर तिमीले पौलिना दिदीसँग चित्त दु:खाए पनि हामीले पौलिना दिदीको गुण कहिल्यै बिर्सन्न हुन्न भन्न चाहन्छु । निहिता विश्वासलाई त तिम्रो मात्र वाह वाही हो, उसलाई त नाज भनेको को हो केही थाहा छैन । तर हेर पौलिना दिदी कसरी तिम्रो फ्यान हुनुभएको छ । यसरी आफ्नो फ्यानको चित्त दुखायो भने तिमीलाई पाप लाग्नसक्छ । अझ पौलिना दिदीले आतंककारीहरु बिरुद्द नारा घन्काएर संसारभरिका सारा आतंककारीहरुलाई त्राही त्राही पार्न प्रतिबद्द हुनुहुन्छ । यस्तो महान् व्यक्तित्व हामीबिचमा हुनु हामी सबै साझाबासीहरुको लागि गर्वको कुरा हो । त्यसकारण पौलिना दिदीप्रती मन मैलो नगर ।

फेरी मैले भनेकी नितिशा यो जङली भाईले भनेको जंगलको नितिशा चाँही होइन नि..

सबैलाई चेतना भया  
Read Full Discussion Thread for this article