Posted by: _____ October 2, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
आफ्नो जात लाई अलिकती तल माथि पर्‍यो भने त्यो चाँही  भेद भाब हुने। आफ्नो भाषा, सन्स्क्रिती अनी  राज्य मा  आफ्नो पहुच अलिकती तल माथि पर्‍यो भने तराजु मा जोखेर लिन खोज्ने.
राज्य मा पहुच को लागि आफ्नो जात जाती लाई चाँही आरक्षाण चहिने तर मधेसी ले त्यो सबै माग्दा चाँही देश तुक्रौन खोज्यो भन्ने? यो double standard किन?
नेपाल मा सबै भन्दा पछी मधेसको माग गर्ने मधेसी होइनन? मधेस आन्दोलन मार्फत? त्यो भन्दा पहिले किरात, नेवार, लिम्बुवान, खुम्बुवानले मागेको होइन र ?
अरुले माग्दा चाँही ठीक मधेसी ले माग्ने बित्तिकै बेठिक्?
अब नेपाली सेना को कुरा, ईतिहास अर्कै थ्यो, नेपाली सेना कती कम्जोर  रहेछ भनेर त माओवादी युध्ह मा नै देखियो। फेरी नेपाली सेना ईतिहास मा जस्तो लड्ने पनि होइन अब, नेपाली सेना ले न चाइना सँग लड्न सक्छ न भरत सँग, साधन श्रोत को दृष्‍टिकोन ले पनि सक्दैन.
फेरी छ्त्री राइ लिम्बु हरु का पुर्खा ले बहादुरि का साथ युध्ह लडेका थिए भन्दै मा तिनिहरु का नाती, पनाती, जनाती पनि बहादुर हुनै पर्छ  भन्ने जरुरी छैन। 
अब एस्तो मा मधेसी हरुले सेना मा १०,००० को भर्ना चाहियो भन्यो भनेर किन अत्तिने, सेना  राज्य को अँग हो, कुनै जात जाती को बिर्ता होइन 
फेरी पुर्खा को नाम बेचेर अझ सम्म सेनामा हाली मुहाली गर्न पनि मिल्दैन
रह्यो प्रतिस्पर्धा गरेर भर्ना गर्ने कुरा, अब निजामती प्रशासन जहाँ जनता ले प्रत्यक्छ सेबा लिन्छ त्यहा त प्रतिस्पर्धा नचाहिने अरक्षान गर्न हुने   भएपची सेना मा चाँही किन? दैबी प्रकोप उध्हार, बाटो बनाउने र शान्ती सेना मा भाग लिने त हो नि सेना को काम, के तेती काम मधेसी ले गर्न सक्दैनन?
फेरी पुरा प्रतिस्पर्धा नगर्ने भनेको पनि छैन, मधेसी मधेसी बिच को प्रतिस्पर्धा त भैइ हाल्छ
फेरी मधेसी ले जात अनुसार भर्ना मागेको छैन सबै मधेसी हरु बाट भनेको छ, तेस्करन तेस्लाई आधार मानेर अरुहरुले आफ्नो जात लाई भर्ना गर्न भन्ने कुरा आउँदैन
मधेसी ले पूर्व मेची देखी पश्चिम महाकाली सम्म को मधेसी हरु लाई भनेको छ नकी कुनै सानो ईलाकाको समुदाये लाई, २२ जिल्ला को लग्भग ५० % जनता को माग चाँही राष्ट्रघाती, ५-७ जिल्ला को १०-१५% जनता को माग चाँही राष्ट्रबादी?    
 
सेना मा मधेसी को सन्ख्या 
 
जहाँ  सम्म सेनामा मधेसी को संख्या लग्भग ५००० रहेको कुरा छ् तेश्मा कुरा एस्तो छ। नेपाली सेना मा थारु हरु को उपस्थिती उल्लेखनिये छ । ति ५००० मध्हे धेरै जसो थारु छन। अब प्रदेश भिभजन गर्द चाँही मधेसी र थारु भनेको फरक हो भन्ने, सेनामा चाँही  थारु हरु लाई पनि मधेसी को कोटा मा देखौने? 
 
प्रशासन मा, राजनीति मा,  सबै जन जाती को मान्छे अली अली त थिए नि पहिले देखी तर आफ्नो जात लाई तेती ले नपुगी हाम्रो जन्सन्ख्य एती छ तेसै अनुसार चाहियो भन्ने। तल माथि पर्ने बित्तिकै अरु जात लाई आमा चकारी गाली गर्ने, आकाश खस्ला जस्तो गर्ने। मधेसी हरुले चाइ ए बाबा हाम्रो जन्स्न्ख्य एती छ्, हामी लाई एती चाहिन्छ भन्ने बित्तिकै उनिहरु माथि जाइ लाग्ने, आफ्नो जात लाई माग्दा सबै ठीक, मधेसी ले माग्दा चाँही राष्ट्रघाती? 
 
Read Full Discussion Thread for this article